मंगलबार , अषोज २७, २०८३

सर्वोच्च अदालतले सिरियल किलर चार्ल्स शोभराजलाई कैदमुक्त गर्न आदेश दिएको छ।

बुधबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले उनलाई कैदमुक्त गर्न आदेश दिएको हो। अन्य मुद्दामा थुनामा बस्न नपर्ने भएमा आजैदेखि कैदमुक्त गर्न र १५ दिनभित्र आफ्नै देशमा फर्काउने व्यवस्था मिलाउन आदेश दिएको हो।

उनी १९ वर्षदेखि केन्द्रीय कारागार जगन्नाथ देवलमा कैद सजाय भुक्तान गरिरहेका छन्।

अदालतको आदेश आएसँगै उनी अब कसरी छुट्छन् भन्ने चासोको विषय बनेको छ।

सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले यो आदेशको जानकारी जिल्ला अदालत काठमाडौं, भक्तपुर र केन्द्रीय कार्यालयलाई पठाइसकिएको जानकारी दिए।

‘यो आदेश पाएपछि जिल्ला अदालतले अन्य मुद्दामा कैद भोग्नुपर्ने छ कि छैन भनेर हेर्छ। यदि रहेनछ भने जिल्ला अदालतले छोड्नका लागि कारागारलाई पत्राचार गर्नेछ। त्यसपछि मात्र उनी छुट्ने छन्,’ उनले
केन्द्रीय कारागारका जेलर ईश्वरीप्रसाद पाण्डेले अदालतको आदेश आएको थाहा पाए पनि आदेशमा के/कस्तो छ भन्ने हेरिनसकेको र त्यो हेरेपछि मात्रै के हुन्छ भनेर भन्न सकिने उनले बताए।

‘सर्वोच्च अदालतको वेबसाइटमा हेर्दा कैदमुक्त गर्न फैसला भएको देखियो,’ उनले भने, ‘तर त्यसभित्र के छ भन्ने हेर्न बाँकी छ।’

उनीविरूद्ध के/कस्तो मुद्दाहरू बाँकी छन्/छैनन् भन्ने पनि हेर्नुपर्ने उनले बताए।

‘अदालतले भएका सबैलाई सम्बोधन गरेको रहेछ भने आजै पनि छुट्‍न पनि सक्ने भयो,’ उनले भने, ‘तर फैसला नै हेर्न पर्ने हुन्छ।’

शोभराजले १९ वर्ष कैद सजाय भोगिसकेको र ७८ वर्षको वृद्ध भएकाले कानुनअनुसार सुविधा पाउनुपर्ने भन्दै बन्दीप्रत्यक्षीकरणको मुद्दा हालेका थिए।

जेष्ठ नागरिकले पाउनु पर्ने ७५ प्रतिशत कैद छुटको सुविधा दिलाउन माग गर्दै सर्वोच्चमा रिट हालेका थिए।

जेलभित्र असल चालचलन भएका ७५ वर्ष उमेर पुगेका कसुरदारलाई ७५ प्रतिशतसम्म कैद छुट दिन सकिने कानुनी व्यवस्था छ। उक्त व्यवस्था कैद सजाय भोगिरहेका नेपालीमात्र होइन विदेशी नागरिकको हकमा पनि लागू हुनुपर्ने शोभराजको जिकिर थियो। उनको जिकिरलाई अदालतले स्वीकार गरेको छ।

उनलाई कारागारभित्रको पनि गोलघर (एकान्तवासमा) राखिएकोमा सर्वोच्चले टिप्पणी गरेको छ।

१९ वर्ष कैद सजाय भोगिसकेको ७८ वर्ष उमेरको वृद्ध व्यक्तिलाई कानूनप्रदत्त सुविधा तत्काल प्रदान नगरिएको र निजको संविधानप्रदत्त बाँच्न पाउने हक र एकान्त कारावास विरूद्धको हकमा समेत असर पर्न गएको सर्वोच्चले बताएको छ।

‘निजलाई निरन्तर कैदमा राखिराख्नु बन्दीको मानवअधिकार मापदण्ड संविधान तथा कानुनप्रदत्त अधिकार अनुकूल देखिएन,’ सर्वोच्चको आदेशमा उल्लेख छ, ‘बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरिदिएको छ। अन्य मुद्दामा थुनामा राख्नु नपर्ने भए निजलाई आजै कैदबाट छाडिदिन र १५ दिनभित्र आफ्नो देश फर्काउन आवश्यक व्यवस्था मिलाउनसमेत यो आदेश जारी गरिदिएको छ।’

सन् १९७५ (विक्रम संवत २०३२) मा अमेरिकी नागरिक कोन्निजो ब्रोन्जिजलाई काठमाडौंको मनहरामा मारेको दुई दिनमै उनले क्यानेडियन नागरिक लरेन्ट अरमान क्यारिअरेलाई भक्तपुरको साँगामा हत्या गरेका थिए।

हत्यापछि फरार भएका शोभराज २०६१ सालमा काठमाडौं आएका थिए। त्यही बेला उनलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेपछि काठमाडौं र भक्तपुर जिल्ला अदालतमा हत्या मुद्दा अघि बढेको थियो।

दुवै अदालतले उनलाई फरक/फरक समयमा जन्मकैद हुने फैसला सुनाएका छन्। काठमाडौं जिल्ला अदालतमा चलेको उनको मुद्दा सर्वोच्च अदालतसम्म पुगेको थियो। जिल्ला अदालतले उनलाई गरेको जन्मकैदको फैसला सर्वोच्च अदालतले सदर गरेको थियो।

उनी पक्राउ परेपछि अहिलेसम्म उनले केन्द्रीय कारागार सुन्धारामा कैद सजाय काटिरहेका छन्। उनलाई २०८० साल असोज १ गते सम्म कैद राख्नुपर्ने पूर्जी अदालतले जारी गरेको थियो।

सर्वोच्चले भने वृद्ध, मुटु रोगी भएको र मानवअधिकार मापदण्डविपरीत एकान्तवासमा राखिएको भन्दै सर्वोच्चले कैदमुक्त गर्ने आदेश दिएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP