मंगलबार , अषोज २७, २०८३

विश्वकपको उपाधी उपचालेर स्वदेश फर्किएको अर्जेन्टिनी टिमका खेलाडी दुर्घटनाबाट जोगिएका छन्। विजयउत्सव मनाउने क्रममा बसको छतमा बसेर खुसियाली साटासाट गरिरहेका खेलाडीलाई झण्डै करेन्ट लाग्यो। सावधानी अपनाउँदै खेलाडीले बिजुलीको तार छले।

सामाजिक सञ्जाल ट्वीटरबाट सार्वजनिक भिडियोमा अर्जेन्टिनाको राजधानी ब्युनर्स आयर्समा मंगलबार बिहान परेडका क्रममा खुल्ला बसमा बसेका कप्तान लियोनल मेसीसहितका पाँच खेलाडी दुर्घटनाबाट जोगिएका हुन्।

बसको छतमा रहेका मेसीहसति एन्जल डी मारिया, लिएनड्रो परेडेस, रोड्रिगो डे पउल र निकोलस ओटामेन्डीले टाउको निहुराएर बिजुलीको तार छलेका थिए।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्।

विजयउत्सव मनाउँदा एकको मृत्यु
विजयउत्सव मनाउने क्रममा अर्जेन्टिनी एक समर्थकको मृत्यु भएको छ। विश्वकप विजेता टोलीको समर्थनमा खुसीयाली मनाउने क्रममा एक जनाको मृत्यु भएको हो। पाँच जना गम्भीर घाइते भएका छन्।

फुटबल टोलीको समर्थनमा उफ्रिने क्रममा बसको छतबाट खसेर २४ वर्षका युवाको मृत्यु भएको हो। आकाशेपुलबाट फुटबल टिम चढेको खुल्ला बसमा फाल हाल्नेहरू पाँच जना घाइते छन्।

कतारमा आइतबार सम्पन्न विश्वकपमा अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकपको उपाधी जितेको थियो। विश्वकपको उपाधीसहित स्वदेश फर्किएको टिमको समर्थनमा ब्यूनर्स आयर्सको सडकमा ४० लाख मानिस उत्रिएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP