मंगलबार , अषोज २७, २०८३

बुटवल। कालिका मानवज्ञान माध्यामिक विद्यालयको ६२ औ वार्षिकोत्सब तथा अभिभावक दिवसको अवसरमा भएको दोस्रो कालिका रनिङशिल्ड प्रतियोगिता २०७९ को उपाधि कुवरवर्ती ईगलिस बो स्कुलले जितेको छ । कुवरवर्तीले १० स्वर्ण, ३ रजत १ कास्य पदकसहित उपाधि हात पारेको हो । कालिका मानवज्ञान ९ स्वर्ण, ५ रजत, १ कास्य जित्दै दोस्रो र २ स्वर्ण २ रजत जित्दै एभरेष्ट र्बोडिङ स्कुल तेस्रो भएको छ । प्रतियोगिताको प्रथम, द्घितिय र तृतीय टिमलाई नगद ५० हजार, ३० हजार र २० हजार रुपैया, शिल्ड, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ ।

छात्र भलिबलको उपाधि कुवरवर्ति इगलि बोर्डिङ स्कुलले हात पारेको छ । फाईनल खेलमा उजिरसिह माबिलाई ३–१ को सेटमा जित निकाल्दै स्वर्ण हात पारेको हो । छात्र भलिबलतर्फ तेस्रो स्थानका लागि भएको खेलमा न्यु होराईजन ई बोर्डिङ स्कुलले कालिका मानवज्ञानलाई २–० को सोझो सेटमा पराजित गर्दै विजयी भएको छ ।

छात्रा भलिबलको फाईनल खेलमा एभरेष्ट ई बोर्डिङ स्कुलले न्यु होराईजन ई बोर्डिङ स्कुलमाथि ३–० को सेटमा खेल जित्दै स्वर्ण हात पार्यो । यसैगरि तेस्रो स्थानका लागि भएको खेलमा दीप बोर्डिङ स्कुलले नवज्योति माबिलाई २–० सेटमा पराजित गरेको छ ।

छात्र कबड्डीको फाईनल खेलमा आयोजक कालिका मानव ज्ञान माबिले शिवपुर माविलाई ११३–२८ अंकले पराजित गर्दै स्वर्ण हात पारेको छ । क्यानन ई बो स्कुल तेस्रो भएको छ ।
छात्रा कबडीको उपाधि भने न्यु होराईजन माबिले जितेको छ । फाईनल खेलमा आयोजक कालिका मानव ज्ञान माबिलाई ४२–३५ अंकले जित्दै स्वर्ण हात पारेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP