आइतबार , जेठ १९, २०८२

बुटवल। कालिका मानवज्ञान माध्यामिक विद्यालयको ६२ औ वार्षिकोत्सब तथा अभिभावक दिवसको अवसरमा भएको दोस्रो कालिका रनिङशिल्ड प्रतियोगिता २०७९ को उपाधि कुवरवर्ती ईगलिस बो स्कुलले जितेको छ । कुवरवर्तीले १० स्वर्ण, ३ रजत १ कास्य पदकसहित उपाधि हात पारेको हो । कालिका मानवज्ञान ९ स्वर्ण, ५ रजत, १ कास्य जित्दै दोस्रो र २ स्वर्ण २ रजत जित्दै एभरेष्ट र्बोडिङ स्कुल तेस्रो भएको छ । प्रतियोगिताको प्रथम, द्घितिय र तृतीय टिमलाई नगद ५० हजार, ३० हजार र २० हजार रुपैया, शिल्ड, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ ।

छात्र भलिबलको उपाधि कुवरवर्ति इगलि बोर्डिङ स्कुलले हात पारेको छ । फाईनल खेलमा उजिरसिह माबिलाई ३–१ को सेटमा जित निकाल्दै स्वर्ण हात पारेको हो । छात्र भलिबलतर्फ तेस्रो स्थानका लागि भएको खेलमा न्यु होराईजन ई बोर्डिङ स्कुलले कालिका मानवज्ञानलाई २–० को सोझो सेटमा पराजित गर्दै विजयी भएको छ ।

छात्रा भलिबलको फाईनल खेलमा एभरेष्ट ई बोर्डिङ स्कुलले न्यु होराईजन ई बोर्डिङ स्कुलमाथि ३–० को सेटमा खेल जित्दै स्वर्ण हात पार्यो । यसैगरि तेस्रो स्थानका लागि भएको खेलमा दीप बोर्डिङ स्कुलले नवज्योति माबिलाई २–० सेटमा पराजित गरेको छ ।

छात्र कबड्डीको फाईनल खेलमा आयोजक कालिका मानव ज्ञान माबिले शिवपुर माविलाई ११३–२८ अंकले पराजित गर्दै स्वर्ण हात पारेको छ । क्यानन ई बो स्कुल तेस्रो भएको छ ।
छात्रा कबडीको उपाधि भने न्यु होराईजन माबिले जितेको छ । फाईनल खेलमा आयोजक कालिका मानव ज्ञान माबिलाई ४२–३५ अंकले जित्दै स्वर्ण हात पारेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP
सोमंबुबिशु