मंगलबार , बैसाख २९, २०८३

२० फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले संसद सचिवालयलाई पत्र पठाएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी सदस्यबाटै निश्कासन गरेको भन्दै संसदीय दलको नेताका नाममा उनले गर्ने काम कारबाहीलाई मान्यता नदिन आग्रह गरेको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय संसद सचिवालयका महासचिवलाई लेखेको पत्रमा १९ माघमा बसेको केन्द्रीय कमिटीको बहुमत सदस्यको बैठकले ओलीलाई पार्टीको साधारण सदस्यबाट निश्कासन गरेको उल्लेख गरेका छन् । ‘उहाँ पार्टी सदस्य नै नरहनु भएको संसदीय दलको नेताका रुपमा रहन नसक्ने पार्टी संसदीय दल र सम्बन्धित सबैको ध्यान आकर्षित गराउन चाहन्छु’ पत्रमा भनिएको छ ।

उनले पार्टीका कुनै सदस्यलाई निश्कासनको कारबाही बोर्डको सिफारिसमा केन्द्रीय कमिटीले गर्नसक्ने संसदीय दलको विधानसमेत स्मरण गराएका छन् । पार्टी केन्द्रीय कमिटीमा आफूहरुको बहुमत रहेको भन्दै प्रचण्डले भनेका छन्, ‘केन्द्रीय कमिटीको बैठकले सदस्यताबाट समेत निश्कासित व्यक्तिले गरेको कुनै पनि निर्देशन र निर्णय बैध नठहरिने वस्तुतथ्य सम्बन्धित सबैलाई जानकारी गराउने फागुन १९ गते बसेको केन्द्रीय कमिटीले निर्णय गरेको छ ।’

उनले संसदीय दलको नेताका नाममा प्रधानमन्त्री ओली वा अरु कसैले गरेका वा गर्ने पत्राचार वा कुनै पनि कामकारबाही अनधिकृत भई मान्य नहुने बताएका छन् ।

संसदीय दलमा भएको परिमार्जनबारे संसद सचिवालयलाई जानकारी दिन प्रचण्ड–नेपाल पक्षका नेताहरु देव गुरुङ, सुरेन्द्र पाण्डे, पम्फा भुसाल, दिनानाथ शर्मा र जीवनराम श्रेष्ठ सिंहदरबार पुगेका थिए ।

पत्र बुझाएपछि पत्रकारसंग कुरा गर्दै नेता गुरुङले संसदीय दलको विषयमा पार्टीले गरेको निर्णय संसद सचिवालयलाई जानकारी गराइएको बताए ।

केपी ओलीलाई पार्टीले संसदीय दलको नेता, पार्टी अध्यक्ष र साधारण सदस्यबाट समेत हटाइसकेको भन्दै गुरुङले भने, ‘यो अवस्थामा मल्टी पार्टी डेमोक्रेसीमा पार्टीकै नीति अनुसार संसदीय दल चल्ने विधि विधान भएकोले त्यही अनुसार संसदीय दलको बारेमा पार्टीले गरेको निर्णयको सन्दर्भमा संसदको ध्यानाकर्षण होस्’ नेता गुरुङले भने ।

शुक्रबार संसदीय दलको बैठक

नेकपा प्रचण्ड–नेपाल पक्षले शुक्रबार विहानका लागि संसदीय दलको बैठक आह्वान गरेको नेतृ पम्फा भुसालले बताइन् । सिंहदरबारमा बस्ने उक्त बैठकबाट औपचारिक रुपमा केही निर्णय गर्ने तयारी रहेको नेताहरुले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP