शनिबार , बैसाख ६, २०८२

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीका दुई समूहका दोस्रो तहका नेताहरूले छलफल थालेका छन्। राजनीतिक रूपमा विभाजन भइसकेको नेकपाको ओली समूहका नेता शंकर पोखरेल र प्रचण्ड-माधव पक्षका नेता घनश्याम भुसालबीच बिहीबार छलफल भएको छ।

नेकपाका दुई समूहबीच एकअर्कालाई कारवाही गर्ने क्रम चलिरहेका बेला बिहीबार दिउँसो उनीहरुबीच सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा छलफल भएको हो। भुसालले आफूहरू दुबै जना पार्टी एकताका पक्षमा रहेको र पहिलेदेखि कुराकानी गरिरहेको बताए।

‘एकता गर्नपर्छ, मिल्नुपर्छ भन्नेमा हामी दुबै एकमत छौं। यसअघि पनि छलफल र भेटघाट भइरहन्थ्यो। आजको छलफल त्यसैको श्रृंखला हो,’ भुसालले भने,‘नेताहरूबीच दूरी साँघुरिएको छैन तर राजनीतिमा असम्भव भन्ने कुरा छैन।’ दुई नेताबीच झण्डै ४५ मिनेट कुराकानी भएको थियो।

पार्टी जुटाउने अन्तिम कसरत रुपमा छलफललाई अगाडि बढाइएको बुझिएको छ। आजको छलफल पनि एकतामै केन्द्रीत रहेको उनीहरुले जनाएका छन्। यसअघि बिहीबार एकताको पक्षमा अभियान चलाइरहेका नेकपाका उपाध्यक्ष वामदेव गौतमले दोस्रो तहका नेताहरुको सहयोगमा ओली, प्रचण्ड र नेपाललाई घेराबन्दी गरेर भएपनि एकता गर्ने दाबी गरेका थिए।

कोरोनाबिरुद्धको खोप लगाएपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिनेक्रममा गौतमले एकता सम्भव भएको दाबी गरेका छन्। तर, संसद विघटन भएसँगै नेकपाको ओली र प्रचण्ड-नेपाल पक्षले छुट्टाछुट्टै राजनीतिक अभ्यासलाई निरन्तरता दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP