मंगलबार , बैसाख २९, २०८३

साहसिक खेलका लागि प्रख्यात पर्यटकीय नगरी पोखरामा नयाँ साहसिक खेल एटिभी (अल टेरेन भेइकल) सञ्चालनमा आएको छ।

फेवाताल किनार खपौंदीबाट मरुभूमिमा चलाएर मनोरञ्जन लिइँदै आएको देखिएको चारपांग्रे सवारी एटिभी आठ किलोमिटर उकालो ओरालो कच्चीबाटो चलाएर मनोरञ्जन लिन पाउने गरी सञ्चालनमा आएको हो।

ठूला पांग्रा भएको चारपांग्रे यो सवारी साधन मनोरञ्जनकै लागि विदेशी मुलुकमा प्रयोगमा आउने गर्दछ।

अप्ठ्यारो सडकमा फेवातालको किरनारमा चलाएर पर्यटकलाई मनोरञ्जन दिने उद्देश्यले हाइग्राउण्ड एडभेन्चर्स नेपालले एटिभी भित्रयाएको हाइग्राउण्ड एडभेन्चर्स नेपालका निर्देशक दिनेश महर्जनले बताए।

यसअघि साहसिक खेल जिपलाइन, बञ्जी, स्वीङ पोखरामा भित्रयाएर पर्यटकलाई आकर्षण गर्दै आएको हाइग्राउण्ड एडभेन्चर्स नेपालले आप्नो चौथो प्रोडक्टको रूपमा एटिभी भित्रयाएको हो।

आठवटा एटिभी भित्र्याएर हाइग्राउण्ड एडभेन्चर्स नेपालले जेठ १९ बाट सञ्चालनमा ल्याएको हो। यसअघि नेपालमा केही ठूला होटलले पाहुनालाई घुमाउन उपयोगमा ल्याए पनि साहसिक खेलकै रूपमा पहिलो पटक सञ्चालनमा आएको उनले बताए।

एटिभी चलाएर पर्यटकले अप्ठ्यारा वनजंगलको कच्ची सडक, उकालो ओरालो, खेत, खोला पार गर्नुपर्ने हुन्छ। यसैले एटिभीलाई साहसिक खेल भनिएको महर्जन बताउँछन्।

एटिभी ड्राइभमा पर्यटक आकर्षित भएकोले थप पाँचवटा एटिभी थप्ने योजना रहेको हाइग्राउण्ड एडभेन्चर्स नेपालले जनाएको छ।

सिजनमा ६० प्रतिशत विदेशी पर्यटक र बाँकी स्वदेशी पर्यटकले यो सेवा लिँदै आएको निर्देशक महर्जनले जानकारी दिए। लो सिजनमा भने स्वदेशी पर्यटककै भर हुने उनले बताए।

एटिभी ड्राइभका लागि मोटरसाइकलको लाइसेन्स अनिवार्य गरिएको छ। ८ किलो मिटर ड्राइभ गर्नुअघि चालकले ट्रायलका रूपमा खपौदीमा रहेको ट्रायल एरियामा चलाउन पाउने छन्।

चलाउन सक्ने देखिए पछिमात्र लामो यात्रा तय गर्न पाउने व्यवस्था मिलाइएको छ। ८ किलोमिटर यात्राका लागि प्रतिव्यक्ति ४ हजार ८ सय रुपैयाँ शुल्क राखिएको महर्जनले जानकारी दिए।

दुबइबाट पोखरा घुम्न आएका पर्यटकले यो सेवा लिदा निकै खुशी लागेको अनुभव सुनाएका छन्। दुबईको मरुभूमीमा चलाइको अनुभव लिएका पर्यटकले उकालो ओरालो, वन जंगल, खोलामा चलाउँदा छुट्टै रमाइलो भएको अनुभव सुनाएको महर्जन बताउँछन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP