मंगलबार , अषोज २७, २०८३

फिफा विश्वकपको फाइनलका लागि अर्जेन्टिना र फ्रान्सको सुरुआती ११ सार्वजनिक भएको छ। एन्जल डी मारियाले अर्जेन्टिनी टिममा पुनरागमन गरेका छन् भने डिफेन्डर लिसान्ड्रो मार्टिनेजमा बेन्चमा छन्।

अर्जेन्टिनाको गोलपोस्ट नियमित किपर इमिलियानो मार्टिनेजले निरन्तरता पाउँदा रक्षापंक्तिमा निकोलस टाग्लियाफिको, निकोलस ओटामेन्डी, क्रिस्टियन रोमेरो र नह्युल मोलिना छन्। मिडफिल्डमा रोडरिगो डी पौल, अलेक्सिस म्याक-अलिस्टर छन्।

प्रशिक्षक लियोनेल स्कालोनीले आक्रमणको जिम्मा कप्तान लियोनेल मेसी, जुलियन अल्भारेज र एन्जल डी मारियालाई सुम्पिएका छन्।

यस्तै, फ्रान्सको गोलकिपर नियमित कप्तान हुगो लोरिसले सम्हालेका छन्। रक्षापंक्तिमा थिओ हर्नान्डेज, डायोट उपामेकानो, भरान र जुलेस कोन्डे छन्।

भरान र उपामेकानो बिरामी परेकाले आजको खेलमा शंका थियो। तर, प्रशिक्षक डिडियर देस्च्याम्पले उनीहरूलाई नै मौका दिएका छन्।

मिडफिल्डनमा एड्रियन राबियोले पनि पुनरागमन गरेका छन्। उनले पनि सेमिफाइनलमा मोरक्कोविरुद्धको खेल गुमाएका थिए। राबियोसँगै औरेलिन चोआमेनी र एन्टोइन ग्रिजम्यानलेले फ्रेन्च मिडफिल्ड सम्हाल्ने छन्।

देस्च्याम्पले आक्रमणको जिम्मा ओसुमाने डेम्बेले, ओलिभर जिरुड र किलियान एम्बाप्पेलाई दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP