मंगलबार , असार २३, २०८३

गत शुक्रबारदेखि बहुप्रतीक्षित हलिउड फिल्म ‘अवतार: द वे अफ वाटर’ प्रदर्शन भइरहेको छ।

१२ वर्षपछि सिक्वेल रिलिज भएको फिल्मले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ। फिल्मले भारतमा हाउसफुल व्यापार गरिरहेको छ।

फिल्मले भारतमा ४५ करोड भारुको ओपनिङ गरेको थियो। फिल्मले पहिलो दिनभन्दा दोस्रो दिन राम्रो व्यापार गरेको छ।

भारतीय बजार विश्लेषक रमेश बालाका अनुसार फिल्मले दुई दिनमा १०० करोड हाराहारीको व्यापार गरेको छ। पहिलो दिन ‘अवतार २’ ले हिन्दी भाषामा ११ करोड ५ लाख भारु, अंग्रेजीमा २१ करोड ७ लाख, तेलुगूमा ५ करोड, तमिलमा २ करोड ५ लाख र मलयालममा ३० लाखभन्दा बढी कमाइ गरेको छ।

जेम्स क्यामरुनले निर्देशन गरेको फिल्म ‘अवतार २’ विश्वभर १६० भाषामा प्रदर्शन भइरहेको छ। जेम्स क्यामरुनले निर्देशन गरेको फिल्ममा सुली परिवारका जेक, नियतिरी र उनका बालबच्चाको संघर्ष देखाइएको छ। फिल्म उनीहरूले एकअर्कालाई सुरक्षित राख्न र बाँच्नका लागि गरेको संघर्षमा आधारित छ।

निर्देशक जेम्स क्यामरुन र जोन ल्यान्डाउले निर्माण गरेको फिल्ममा साम वर्थिङटन, जो साल्डाना, सिगोर्नी विभर, स्टिफन लाङ, केट विन्सलेटलगायत कलाकारको अभिनय छ।

फिल्मको कथा जेम्स क्यामरुन, रिक जाफा, अमान्डा सिल्भर, जोश फ्राइडम्यान र शेन सालेर्नोले तयार पारेका हुन्।

फिल्मलाई पूर्णरूपमा अन्डरवाटर (पानीमुनि) छायांकन गरिएको छ। ‘अवतारः द वे अफ वाटर’ पहिलो श्रृंखलाको घटनाको एक दशक पछाडि सेट गरिएको छ।

फिल्मको लगानी २५० मिलियन अमेरिकी डलर रहेको छ। उच्च प्रविधियुक्त भिएफएक्सको प्रयोगले पनि फिल्मको लगानी बढेको हो।

निर्देशकले फिल्ममा प्रयोग भएको भिएफएक्सले वास्तविकतासँग अझ नजिक पुर्‍याउने बताएका छन्।

सन् २००९ मा प्रदर्शन भएको ‘अवतार’ले विश्वव्यापी रुपमा सबैभन्दा बढी कमाइ गर्ने फिल्मको कीर्तिमान राखेको थियो। फिल्मले २.८४ बिलियन अमेरिकी डलर कमाएको थियो।

फिल्म ‘अवतार २’ हेर्न गएका भारतीय युवकको मृत्यु

भारतमा उत्साहजनक व्यापार गरिरहँदा एक अप्रिय घटना घटेको छ। ‘अवतार २’ हेर्न गएका एक युवकको मृत्यु भएको छ।

आन्ध्र प्रदेशका लक्ष्मी रेड्डी श्रीनुको फिल्म हेर्ने क्रममा मृत्यु भएको हो। भाइसँग फिल्म हेर्न पुगेका रेड्डी निकै उत्साहित थिए।

उनी फिल्म हेर्दै गर्दा बेहोस भएर भुइँमा लडेका थिए। तत्काल नजिकैको अस्पतालमा भर्ना गरिए पनि चिकित्सकले उनलाई मृत घोषित गरेका थिए।

चिकित्सकका अनुसार उनलाई हृदयाघात भएको हो। उनी उच्च रक्तचापको बिरामी थिए। उनको श्रीमती, एक छोरा र छोरी छन्।

‘अवतार’ हेर्दा मृत्यु भएको यो पहिलो घटना होइन। सन् २००९ मा पनि ‘अवतार’ हेर्ने क्रममा ताइवानका ४२ वर्षिय व्यक्तिको हृदयघातकै कारण मृत्यु भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

१० हजार दर्शकको लक्ष्यसहित डार्विनमा नेपाल फेष्टिभल


TOP