बिहिबार , बैसाख ४, २०८२

काठमाडौं । ‘द भ्वाइस अफ नेपाल’ सिजन चारमा फाइनलको समीकरण तयार भएको छ । शनिबारको एपिसोडबाट योगेश मगर र करण राई अन्तिम चारमा प्रवेश गरेका छन् ।

आशिष महर र रिहान गिरी प्रतिस्पर्धाबाट बाहिरिएका छन् । प्रमोद खरेलको समूहबाट योगेश र राजु लामाको समूहबाट करण फाइनल राउण्डमा प्रवेश गरेका हुन् ।

शुक्रबारको सेमिफाइनलमा राजेशपायल राईको समूहबाट सविना लिम्बू र प्रविशा अधिकारीको समूहबाट साहिल लिम्बु फाइनलमा प्रवेश गरिसकेका छन् ।

शनिबार भ्वाइसका पूर्वविजेता किरण गजमेरले पनि सांगीतिक प्रस्तुति दिएका थिए । भ्वाइसको चौंथो सिजन हिमालय टिभीमा प्रत्येक शुक्रबार र शनिबार राती ८ बजे प्रसारण हुँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP