शुक्रबार , भाद्र १२, २०८३

साउथ अस्ट्रेलियाको माथिल्लो सदनले गर्भपतन सम्बन्धी नयाँ कानुनलाई अनुमोदन गरेको छ ।

सदनको स्वीकृति सँगै साउथ अस्ट्रेलिया गर्भपतनलाई कानुनी मान्यता दिने पछिल्लो राज्य हुन पुगेको छ ।

गत फेब्रुअरीमा “टर्मीनेसन अफ प्रेग्नेन्सी विधेयक” संसद्को तल्लो सदनबाट १५ का विरुद्ध २९ मतबाट पारित भएको थियो ।

नयाँ कानुन अन्तर्गत गर्भपतनलाई अपराधका दृष्टिकोणले नभई स्वास्थ्यका दृष्टिकोणले हेरिनेछ ।

२२ हप्ता ६ दिन सम्मको गर्भलाई एक चिकित्सकको रोहवरमा गर्भपतन गर्न सकिनेछन् ।

त्यस पछिको अवधिका गर्भमा भने कम्तीमा पनि एक अन्य चिकित्सक सँगको सल्लाहमा स्वास्थ्यमा असर नपर्ने अवस्थामा मात्र गर्भपतनलाई मान्यता दिइनेछ ।

स्वास्थ्यमा गम्भीर असर पर्ने अवस्थामा भने गर्भपतनलाई मान्यता दिइने छैन ।

“ऐतिहासिक दिन”
महान्यायाधिवक्ता भिकी च्यापम्यानले कानुन पास हुनु साउथ अस्ट्रेलियाली महिलाहरूका लागि ऐतिहासिक दिन रहेको बताएकी छन् ।

“यो निर्कै लामो र कुरूप यात्रा हो,अन्ततः हामीले गर्भावस्था सम्बन्धी आधुनिक कानुन पाएका छौ,गर्भपतनलाई अब अपराध नभई स्वास्थ्यका दृष्टिकोणबाट हेरिनेछ ।” उनले भनिन् ।

अधिकारवादी संस्था फेयर एजेन्डाले कानुन पास भए सँगै सबै मानिसहरूले चाहेको बेला र चाहेको जस्तो स्वास्थ्य सेवा प्राप्त गर्ने बताएको छ ।

ह्युमन राईट ल सेन्टरले साउथ अस्ट्रेलियामा कानुन पारित हुनुको मतलब अब केवल वेस्र्टन अस्ट्रेलियाले मात्र गर्भपतनलाई अपराध संहिता अन्तर्गत हेरिरहेको हुने बताएको छ ।

“वेस्र्टन अस्ट्रेलियाले साउथ अस्ट्रेलियालाई पछ्याउँदै,समयमै प्रजनन स्वास्थ्य सेवामा आईपर्ने सबै अबरोधहरुलाई हटाई अन्य क्षेत्रमा झैँ अधिकार प्रदान गर्ने समय आएको छ । ” संस्थाकी प्रवक्ता मोनिक हुर्लेले भनिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP