शनिबार , जेठ २५, २०८२

काठमाडौं – हरिवंश आचार्य स्टारर फिल्म ‘महापुरुष’ले आज (शनिबार) ५१ औं दिन मनाउँदैछ । यो छेकोमा निर्माताले फिल्म छायांकनमा ‘शून्य कार्वन तटस्थता’को उपलब्धी सार्वजनिक गर्न कार्यक्रम छ ।

अहिले पनि मुलुकका प्रमुख मल्टिप्लेक्समा प्रदर्शन भैरहेको यो फिल्म वर्ष २०७९ मा ५१ दिन सेलिव्रेसन गर्ने ‘कबड्डी ४’पछिको दोस्रो फिल्म हो । षट्कोण आर्टस निर्मित फिल्मले यो अवधिसम्म ११ करोड रुपैयाँ ग्रस हारहारीमा कमाएको छ ।

निर्माता म्याक्स दिपेश खत्रीले फिल्मले ५१ दिनसम्म १० करोड ७० लाख रुपैयाँभन्दा बढी कमाइ गरेको जानकारी दिए । ‘चार सातापछि फिल्मको रफ्तारमा कमी आएको पाइयो । जेहोस्, यो उपलब्धीलाई लिएर हामी सन्तुष्ट छौं’ खत्रीले अनलाइनखबरसँग भने ।

सुरुआती तीन सातासम्म कमाइ आक्रामक देखिएको थियो । काठमाडौं उपत्यकाका मल्टिप्लेक्समा कमाइ आकर्षक रह्यो । सबै उमेर समूहका दर्शक हल पुगेका थिए । मोफसलका प्रमुख सहरमा समेत फिल्मको कमाइ सुखद रह्यो ।

हरिवंश आचार्यको मुख्य भूमिका रहेको फिल्मले एकल प्रौढ पुरुषको एक्लोपन, संघर्ष र मनोविज्ञानको कथा भन्छ । त्यो पात्रको जीवनमा प्रेमको प्रवेशपछि आउने आशावादिता र आत्मविश्वासलाई फिल्मले चित्रण गरेको छ । यसवर्ष ५१ दिन सेलिव्रेसन गरेको अर्को फिल्म ‘कबड्डी ४’ले सो अवधिसम्म २२ करोड ८० लाख ग्रस कमाइ गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP