मंगलबार , अषोज २७, २०८३

काठमाडौं, फाल्गुुुन १९ ।नेपाल कम्युनिस्ट पार्टी, प्रचण्ड–नेपाल पक्षका नेता एवं सांसद जनार्दन शर्माले पार्टीमा सचिवालय सदस्य रहेका बाहेक सबै सांसदलाई स्वतन्त्र छलफलमा जुट्न आह्वान गरेका छन्।
पुनर्स्थापनापछि प्रतिनिधि सभाको पहिलो बैठक बस्न ५ दिन बाँकी रहँदा सांसद शर्माले बुधबार अपिल जारी गर्दै जनमतको सम्मान र आफ्ना कर्तव्य कसरी निर्वाह गर्ने भन्नेबारे निष्कर्ष निकाल्न स्वतन्त्र छलफल गर्न आवश्यक भएको बताएका हुन्। संसद् अधिवेशन यही फागुन २३ गते अपराह्न ४ बजे बस्दै छ।

उनले भनेका छन्, ‘सचिवालय सदस्यहरू बाहेकका सांसदहरूले एउटा छलफल गरी आवश्यक निष्कर्षका लागि पहल गर्ने कुराको महसुस गरी पार्टी,आन्दोलन र जनताको पक्षमा के गर्दा हुन्छ भन्ने बारे स्वतन्त्र रूपले छलफल गर्न माननीयहरूमा हार्दिक अपिल गर्दछु।’

शर्माले बुधबार बिहान जारी गरेको अपिलको पूर्ण पाठ यस्तो छ :

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा उत्पन्न विवादलाई सैद्धान्तिक कुरा, नेतृत्वको प्रश्न एवं पदीय झगडाका रूपमा आआफ्ना बुझाइ रहेका छन। जे भए पनि जननिर्वाचित संसदसमेत भंग हुने अवस्थासम्म पुग्नु हामी सबैका लागी दुर्भाग्यपूर्ण अवस्था हो। जनताको आन्दोलन र अदालतको स्वतन्त्र र सुझबुझपूर्ण निर्णयबाट संसदको पुनःस्थापना भएको सन्दर्भमा हामी प्रतिनिधि सभाका सांसदहरूले आफैंप्रति उठेका प्रश्नहरूको जवाफ दिन आवश्यक भएको छ।

जनमतको सम्मान र आपनो जनप्रतिनिधिको कर्तव्यसमेत कसरी पूरा गर्ने भन्नेबारे स्वतन्त्र ढंगले छलफल गर्न आवश्यक भएको सन्दर्भमा सचिवालय सदस्यहरू बाहेकका सांसदहरूले एउटा छलफल गरी आवश्यक निष्कर्षका लागि पहल गर्ने कुराको महसुस गरी पार्टी, आन्दोलन र जनताको पक्षमा के गर्दा हुन्छ भन्ने बारे स्वतन्त्र रूपले छलफल गर्न माननीयहरूमा हार्दिक अपिल गर्दछु। यो छलफल कुनै हस्ताक्षर र यो वा त्यो नेतृत्वको पक्षमा नभएर हाम्रो साझा सुझाव तयार गर्न अर्थमा भएको समेत जानकारी गराउँदछु। कुनै त्रास र कुनै प्रलोभनमा नपरी छलफल गरिने छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP