मंगलबार , अषोज २७, २०८३

काठमाडौं । दाङकी सांसद गंगा चौधरी (सत्गौवा) ले आफू कुनै गुटमा नलागेको जिकिर गरेकी छिन्। प्रधानमन्त्री केपी ओलीविरुद्ध संसद्‌मा पेस गरिएको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेकी चौधरी अहिले तटस्थ बस्न रुचाएको बताएकी हुन्।

उनले अविश्वासको प्रस्तावको समर्थन फिर्ता लिएर पार्टी एकताको पक्षमा उभिएको पनि बताएकी छिन्। “मलाई कहिले कताको, कहिले कताको भनेर नाम जोडेर प्रचार गरिएको छ । खासमा म एकताको पक्षमा छु। कतै गएको छैन। मेरा लागि दुवै आदरणीय नेता हुनुहुन्छ,” उनले भनिन्।

उनले अमुक समूहसँग नजोड् आग्रह गरिन्। “म दुवै नेतालाई जोड्न लागिपरेको छु। कति सक्छु थाहा छैन,” उनले भनिन्। नेकपाभित्रको लडाइँ, विग्रह अब विधिवत्रूपमा संसद प्रविष्ट भएको छ। नेकपा दाहाल–नेपाल समूहको आज बसेको बैठकले अविश्वासको प्रस्तावबारे निर्णय लिने जिम्मा स्थायी कमिटी र सचिवालयलाई दिएको छ। स्थायी कमिटी सदस्य भीम रावलले अरू दलसँग छलफल, परामर्श गरेर निष्कर्षमा पुग्ने बताएका छन्।

नेकपाभित्रको शक्ति संघर्ष संसद् छिर्दैगर्दा सांसदहरू ध्रुवीकरण हुने क्रम बढेको छ। लालबाबु पण्डित र गंगा चौधरीले आफूलाई तटस्थ उभ्याएका छन्। चौधरीले पार्टी एकताबाहेक अर्को विकल्प नदेखेकाले बीचमा उभिएको जिकिर गरेकी छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP