शनिबार , बैसाख ६, २०८२

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतसँग ‘कम्फर्टेबल’ सम्बन्धबारे आफूले बोलेको कुरामा भइरहेको विवादबारे प्रष्टीकरण दिएका छन्। पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बुधवार बसेको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले आफ्नो भनाइलाई गलत रूपमा प्रचार गरिएको बताए।

‘मैले सचेत रूपमा अन्तर्वार्ता दिएको थिएँ। १२ बुँदेदेखिको प्रसंगमा मैले भारतसँगको विशिष्ट सम्बन्धका बारेमा जोड दिएर कुरा गरेको हुँ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक सदस्यले भने, ‘मैले चीनको कुरा पनि गरेको थिएँ। तर, ओलीका साइबर स्यालहरूले भिडियो काटेर अपव्याख्या गरे। मेरो नियत खराब थिएन।’

प्रचण्डले अगाडि थपे, ‘तैपनि आगामी दिनमा बोल्दा ध्यान पुर्‍याउनुपर्छ भन्नेमा म सचेत भएको छु।’ प्रचण्डले केही दिनअघि प्राइम टाइम टेलिभिजनलाई दिएको अन्तर्वार्तामा ‘लोकतान्त्रिक गणतन्त्रवादी शक्तिहरू- काँग्रेस, नेकपा र जनता समाजवादी पार्टीबिच गठबन्धन सरकार बन्दा छिमेकी भारत र चीनलाई पनि कम्फर्टेबल हुन्छ’ भनेका थिए।

जुन भिडियो काटेर ‘काँग्रेस, नेकपा र जनता समाजवादी पार्टीबीच गठबन्धन सरकार बन्दा भारतलाई पनि कम्फर्टेबल हुन्छ’ भन्ने बनाएर प्रचण्ड भारतसँग मिलेको भन्दै प्रचार गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP