शनिबार , भाद्र १३, २०८३

महोत्तरी । महोत्तरीको रामगोपालपुरबाट नेहा चौधरी, निहारिका राजपुतसहित तीन जना पक्राउ परेका छन् । दाइजो र घरेलु हिंसाविरुद्ध ६ दिनदेखि आन्दोलनरत उनीहरू पक्राउ परेका हुन् ।

महोत्तरीको रामगोपालपुरमा नेहा चौधरीले घरमा प्रवेश पाउनुपर्ने मागसहित भइरहेको आन्दोलनको क्रममा स्थानीय र प्रहरीबीच झडप भएको हो । स्थानीय र प्रहरीबीचको झडपमा चार प्रहरी घाइते भएका छन् । माइतबाट घर फर्किएकी नेहालाई घरमा प्रवेश गर्न नदिइएपछि सुरु भएको आन्दोलन आज झडपमा परिणत भएको थियो ।

नेहाले पंकजको घरमा प्रवेश पाउनुपर्ने माग राख्दै गरिएको आन्दोलनमा आन्दोलनकारीहरूले ढुङ्गामुढा गरेपछि २ सशस्त्र प्रहरी, १ नेपाल प्रहरी र १ नगर प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । झडप बढ्दै जान थालेपछि प्रहरीले ५ राउन्ड अश्रु ग्यास समेत प्रहार गरेको छ । यसअघि मंगलबार नेहाका श्रीमान डा. पंकज चौधरीलाई प्रहरीले दाइजो र घरेलु हिंसा मुद्दामा पक्राउ गरेको थियो ।

नेहा र निहारिका समर्थकले नगरपालिका कार्यालयमा ढुंगामुढा र सडक जाम गर्न खोजेपछि पक्राउ गरिएको महोत्तरी प्रहरी प्रमुख एसपी कृष्ण पंगेनीले जानकारी दिए । उनका अनुसार ढुंगामुढाबाट चार जना प्रहरी घाइते भएका छन् । एसपी पंगेनीले नेहाले दिएको उजुरीका आधारमा अनुसन्धान अगाडि बढिसकेकाले आन्दोलनको औचित्य नभएको बताए । बरु अनुसन्धानमा सहयोग गर्न उनले आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP