शनिबार , भाद्र १३, २०८३

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मनोज प्रभाकरले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । मुख्य प्रशिक्षक प्रभाकरले दिएको राजीनामा आज (बिहीबार) देखि नै लागु हुने गरी स्वीकृत भएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।

प्रभाकर भने यसअघि नै भारत पुगिसकेका छन् । लगातारको खराब प्रदर्शनपछि श्रीलंकाका तत्कालीन मुख्य प्रशिक्षक पुबुदु दासानायकेको स्थानमा प्रभाकार आएका थिए । क्यानले नेपाली टोली सम्हाल्ने गरी प्रभाकरसँग एक वर्षे सम्झौता गरेको थियो ।

तत्कालीन प्रशिक्षक डेभ ह्रवाटमोरले राष्ट्रिय टोली छाडेपछि प्रभाकर नेपाली टोली सम्हाल्न गत साउनमा नेपाल आएका थिए ।
भारतीय प्रशिक्षक प्रभाकर नेपाल आएपछि नेपालको क्रिकेट यात्रा झन् ओरालो लागेको थियो । पूर्व प्रशिक्षक ह्वाटमोरले टोली सम्हालेपछि नेपाली टोली केही लयमा देखिएको थियो ।

उनले नेपालको ब्याटिङ लाइनमा सुधारको संकेत दिएका थिए । उनले टोलीमा ओपनरको खोजी गर्दै नेपाललाई सुखद नतिजा पनि दिएका थिए । प्रभाकर नेपाल आएको एक सातामा नै राष्ट्रिय टोलीले केन्या भ्रमण गरेको थियो । तर पछिल्लो समय नेपाली क्रिकेट टोलीको प्रदर्शन लगातार खराब थियो । समाचार अनुसार खराब प्रदर्शनका कारण खेलाडीसँग प्रभाकरको सम्बन्ध पनि बिग्रिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP