मंगलबार , अषोज २७, २०८३

काठमाडौै । विश्वकपको सेमिफाइनलमा पहिलो पल्ट प्रवेश गर्ने अफ्रिकी राष्ट्रको इतिहास बनाएको मोरक्कोले डिफेन्डिङ च्याम्पियन फ्रान्सविरूद्ध साहसीक खेल प्रदर्शन गरे पनि २-० को हार टार्न सकेन। फ्रासलाई हराउदैं फाइनल पुग्ने मोरक्कोको सपना अधुरै रह्यो ।

अफ्रिकी राष्ट्र मोरक्को पछिल्लो समय नयाँ शक्ति राष्ट्रको रुपमा उदाएको छ। विश्वकपमा पाँचौ पटक सहभागिता जनाइरहेको मोरक्कोले बलिया टोलीलाई हराउँदै पहिलो पटक सेमिफाइनलसम्मको यात्रा गरेको थियो।

मोरक्कोले यो अघि विश्व विजेता स्पेन र बलियो पोर्चुगललाई हराउँदै सेमिफाइनलमा साविक विजेता फ्रान्सको सामना गरेको थियो। विश्वकप इतिहासमा मोरक्कोले अविश्वसनीय प्रर्दशन गर्यो। पहिलो पटक सेमिफाइनल पुगेपछि मोरक्कोका प्रशिक्षक वालिड रिग्रागुईले अहिले नै उपाधि जितेको महसुस गरेको बताएका थिए। पछिल्लो दुई दशक यता स्पेनिस फुटबलले दबदबा बनाएको मोरक्कोले यो विश्वकपबाट बलियो पहिचान बनाएको छ।

बुधबार मध्यराति भएको खेलमा फ्रान्ससँग २-० ले पराजित भएपछि मोरक्कोको पहिलोपटक विश्वकपको फाइनलमा पुग्ने सुवर्ण मौका गुमाएको हो। मोरक्कोले अब तेस्रो स्थानका लागि क्रोएसियासँग शनिबार राति खेल्नेछ।
बुधबार राती कतारको अल बायेत रंगशालामा दोस्रो सेमिफाइनलमा पराजित भएपछि मोरक्को प्रतियोगिताबाट बाहिरिएको छ भने फ्रान्स लगातार दोस्रो पल्ट विश्वकपको फाइनल प्रवेश गरेको छ।

आइतबार हुने फाइनल खेल उसले अर्जेन्टिनाविरूद्ध खेल्नु पर्नेछ। अर्जेन्टिना मंगलबार रातीको पहिलो सेमिफाइनलमा क्रोएसियलाई ३-० गोलले पराजित गर्दै फाइनल पुगिसकेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP