मंगलबार , अषोज २७, २०८३

चिरन बराल/ डर्विन

कुनैपनि खेलले मानिसको जीवनमा निकै ठुलाे महत्त्व राख्छ। शारीरिक तथा मानशिक तन्दुरुस्तीका साथै भावनात्मक सम्बन्ध, अनुशासित र भाईचारा सम्बन्ध त राख्छ नै अझ बढी त हेर्ने दर्शकका लागि अझ रमाईलाे र मनाेरञ्जन प्रदान गर्दछ।

उपराेक्त सबै उपलब्धि हाेस भन्ने उदेश्यका साथ डार्बिन स्थित नेपाली भलिबल कल्ब ( NVC ), NANT  र NRNA-NT काे सम्युक्त आयाेजनामा यही डिसेम्बर 17 र 18 तारिखका दिन मराराकाे indoor स्टेडियममा भब्य भलिबल खेल वा प्रतियोगिता हुन गईरहेकाे छ। यस भलिबल खेल प्रतियोगिताका संयाेजक भवानी पाैडेलका अनुसार यसपटकको खेलमा डार्बिनमा आफ्ना परिवार भेट्न आउनु भएका अभिभावकहरुकाे समेत दुई टिम निर्माण गरि दुई टिम बिच राेचक तथा रमाइलो खेल हुने कुरा पूरा खबरलाई जानकारी दिनु भयो।

यसै परिप्रेक्ष्यमा अरु के कस्काे र कस्ता कस्ता टिम बिच प्रतिस्पर्धा हुँदै छ त भन्ने जिज्ञासा राख्दा “हाल सम्म ६ वटा युवाहरूको team दुईवटा महिलाहरुकाे टिम र दुईवटा अभिभावकहरुकाे टिम बिच खेल हुने” जानकारी संयोजक पाैडेलले दिनु भयाे।
Nepali Volleyball Tournament 2022 नाम दिई गत साल देखि सुरु गरिएकाे याे हुन लागेको tournament दाेश्राे सस्करण हाे।

नेपाल देखि बाहिर रहेर पनिफुर्सदको समय निकालेर यसरी खेल जगतलाई अंगालेर नेपालीहरुले आफ्नो खुबी रुचि र ऐक्यबद्धताकाे राम्रो उदाहरण प्रस्तुत गरेका छन ।

यस खेलालाई सफलतापुर्वक सापन्न गर्न गराउन सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनी अभिभावक र विभिन्न संघ सस्था एवं खेलाडीहरु उपस्थित भई हाैसला प्रदान गरि दिनुहुन आयोजक कमिटीको हार्दिक अनुरोध समेत रहेको कुरा संयाेजक भवानी ज्युले बताउनु भयाे।
पूरा खबर परिवार tournament काे पुर्ण सफलताकाे कामना गर्दछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP