शनिबार , असार १३, २०८३

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् । आज नेपाल निवास कोटेश्वरमा भएको भेटमा निर्वाचनको समीक्षा गरिएको केसीको सचिवालयले जनाएको छ ।

उनको सचिवालयका अनुसार उनीहरूबीच करिब ४५ मिनेट कुराकानी भएको छ । भेटमा राष्ट्रिय राजनीतिबारे पनि महत्त्वपूर्ण कुराकानी भएको जनाइएको छ ।

केसी मंसिर ४ को निर्वाचनबाट नुवाकोट–२ बाट निर्वाचित सांसद हुन् । गत आइतबार उनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए । उनले हिजो माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP