आइतबार , भाद्र १४, २०८३

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन–२०७९ को अन्तिम नतिजा भोलि (बुधबार) घोषणा गर्ने भएको छ । मंसिर ४ गते एकै चरणमा भएको निर्वाचनको अन्तिम नतिजा घोषणा गर्न भोलि मंसिर २८ गते बुधबार मध्याह्न १ः३० बजे पत्रकार सम्मेलन आयोजना गरिएको आयोगको प्रेस अफिसले जनाएको छ ।

मंसिर ४ को निर्वाचनमा प्रतिनिधिसभातर्फ १६५ र प्रदेशसभातर्फ ३३० क्षेत्रमा निर्वाचन भएको थियो । यस पटकको निर्वाचनमा प्रत्यक्षतर्फ ८४ र समानुपातिक तर्फमा ४९ दलले भाग लिएका थिए । प्रतिनिधिसभामा कांग्रेस, एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपा, लोसपालगायत १२ दलले प्रतिनिधित्व गर्न पाउने छन् ।

आयोगले निर्वाचन अन्तिम नतिजा घोषणापछि राष्ट्रपतिलाई बुझाउने छ । त्यसपछि राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गर्ने छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP