मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । रौतहट–३ बाट प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिएर विजयी प्रभु साहले नयाँ पार्टी खोल्ने भएका छन् । निर्वाचनको मनोनयन दर्ता गर्नेक्रममा एमाले छाडेर स्वतन्त्र उम्मेदवारी दर्ता गरेका साहले नयाँ पार्टी खोल्न छलफल सुरु भएको जानकारी दिए ।

‘नयाँ पार्टी खोल्ने विषयमा छलफल चलिरहेको छ । तर के नाम राख्ने भन्ने निर्णय भइसकेको छैन,’ साहले भने । तत्कालीन नेकपा सरकारको पालामा साह माओवादी छाडेर एमाले प्रवेश गरेका थिए । माओवादी र एमाले दुवैमा उनी स्थायी कमिटी सदस्य समेत थिए । तर अहिले उनी दुवै पार्टीमा छैनन् ।

प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा मधेस प्रदेशमा साहको बलियो पकड देखिएको छ । रौतहट २ मा उनी निकट किरण साह विजयी भएका छन् । मोरङ ४ मा निर्वाचित योगेन्द्र मण्डल समेत प्रभु साह निकट मानिन्छ । त्यसैले उनीसँग तीन जना प्रतिनिधिसभा सदस्य छन् । मधेस प्रदेशमा प्रभु साह निकट तीन–चारजना निर्वाचित छन् । सबैतिरबाट पार्टी खोलेरै राजनीति गर्न सुझाव आएकाले नयाँ पार्टी गठनको आन्तरिक तयारीमा लागेको साहको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP