आइतबार , भाद्र १४, २०८३

काठमाडौँ । शेयर बजार आज (मंगलबार) ओरालो लागेको छ । शेयर कारोबार मापक नेप्से परिसूचक २.५७ अंकले ओरालो लागि १८९९.७० विन्दुमा आएर रोकिएको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.६३ अंकले घटेर ३७१.३० मा पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा कूल २०६ कम्पनीको कारोबार हुँदा ९० कम्पनीमम वृद्धि भएको र १०४ कम्पनीमा ओरालो लागेसँगै १२ कम्पनी स्थिर रहेको छ ।

यस्तै, कुल २४८ कम्पनीको कारोबार हुँदा २० लाख ५८ हजार ५१० कित्ता शेयर खरिद बिक्री हुँदा ७७ करोड ७० लाख रुपैयाँमाथिको शेयर कारोबार भएको छ । सोमबार पनि शेयर बजार घटेको थियो । सोही दिन शेयर बजार ३१.९७ अंकले घटेको हो ।

त्यस्तै, कारोबारको आधारमा मंगलबार पनि नविल बैंक शीर्ष स्थानमा छ । यसको आज ७ करोड १७ लाखभन्दा बढीको कारोबार भएको छ । त्यस्तै दोस्रोमा नेपाल दूरसञ्चार कम्पनी र तेस्रोमा सुम्मीत लघुवित्त वित्तिय संस्थाको कारोबार भएको छ ।

यता, सिवाइसियलको शेयर मूल्य १० प्रतिशत र सञ्जेन जलविद्युत कम्पनीको ७.७३ प्रतिशतले बढेको छ । कारोबारमा १३ वटा उपसूचकमध्ये ४ उपसूचकबाहेक सबै उपसूचकमा ओरालोे लागेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP