सोमबार , अषोज २६, २०८३

गैरआवासीय नेपाली संघ एनआरएनएले विश्वव्यापी रुपमा टेली हेल्थ सेवा सुरु गरेको छ । एनआरएनए स्वास्थ्य समिति तथा वैदेशिक रोजगार तथा कल्याण विभागको संयुक्त आयोजनामा यो सेवा सुरु गरिएको हो । टेली हेल्थ सेवाबाट विश्वका कुनै पनि ठाउँमा बसोबास गर्ने नेपाली मुलका व्यक्तिले अनलाइनमार्फत् स्वास्थ्य विज्ञहरुसँग स्वास्थ्य परामर्श लिन सक्ने एनआरएनएले जनाएको छ ।

टेली हेल्थ कार्यक्रममा मिर्गौला, कलेजो, मुटु, आँखा, नाक, कान, घाँटी तथा मुख सम्बन्धी स्वास्थ्य विज्ञदेखि डाइटिसिएन, फिजियोथेरापिस्ट, दन्त चिकित्सक लगायतका सेवा दिने एनआरएनएले जनाएको छ । यसबाट करिब ८० लाख नेपाली आप्रवासी कामदार, विद्यार्थी, गैर निवासी, अन्य देशका नागरिकलाई सेवा दिने टेली हेल्थले जनाएको छ । आप्रवासी कामदारहरूले धेरै स्वास्थ्य जोखिम र चुनौतीहरूको सामना गर्नु परेको कारण यो कार्यक्रम सञ्चालन गरिएको हो ।

गैर आवासीय नेपाली संघले वैश्विक स्वास्थ्य समिति र वैदेशिक रोजगार विभाग र एनआरएनको लाभ विभागको सहयोगमा डान्फे केयरको सहयोगमा विश्वभर स्वास्थ्यकर्मीहरुको सहयोगमा टेलि हेल्थ परामर्श सेवा सुरु गर्न लागेको हो ।

एनआरएनएको ग्लोबल हेल्थ कमेटीका अध्यक्ष डाक्टर संजीव सापकोटाले नेपाल बाहिरका नेपाली समुदायलाई स्वास्थ्य सेवाको आवश्यकता बारे सचेत गराउने समेत बताए । यस्तै डान्फे केयरका मुख्य कार्यकारी अधिकारी डाक्टर प्रभात अधिकारीले यस कोभिड महामारीको बेला विश्वव्यापी नेपालीलाई टेली स्वास्थ्य सेवा प्रदान गर्न इच्छुक देश बाहिर रहेका सबै नेपाली डाक्टरहरुलाई निशुल्क वेब आधारित डान्फे को इलेक्ट्रोनिक मेडिकल रेकर्ड र टेलिमेडिसिन प्रणाली निशुल्क प्रदान गर्ने बताए ।

यो सेवा प्राप्त गर्नका लागि मोबाइलमा भाइबर, ह्वाट्सएपमार्फत् टेली हेल्थ कार्यक्रममा सहभागी हुन वा यसमार्फत स्वास्थ्य विज्ञसँग प्रत्यक्ष सम्पर्क गर्न सकिन्छ ।

सेवा लिनका लागि नेपाल बाहिर भएकाले ९७७ ९८०—२३१ —४७३९ वा ९७४—५५५—६५३२० मार्फत् सम्पर्क गर्न सकिनेछ ।

साथै, इमेल telehealth@nrna.org ​ मा आफ्ना स्वास्थ्य जिज्ञासा लेखेर पठाउन सकिनेछ । यसमा आपतकालीन सेवा भने उपलब्ध हुने छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

  साउन ७, २०८३ बिहिबार 242 Views

होर्मुज तनावसँगै तेल बजार प्रभावित

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP