शनिबार , भाद्र १३, २०८३

काठमाडौं । कतार विश्वकप–२०२२ को ६४ मध्ये ६० खेल पुरा भइसकेको छन् । प्रतियोगिता अन्त्यतिर आइपुग्दा यसको रोमाञ्चकता झनझन बढ्दै गइरहेको छ । विश्वपकको सेमिफाइनल समीकरण पूरा भएका छन् । अर्जेन्टिना, क्रोएसिया, फ्रान्स र मोरक्को अन्तिम दुईका लागि प्रतिस्पर्धा गर्दैछन् ।

प्रतियोगितामा तीन खेलाडीबीच सर्वाधिक गोलकर्ताले प्राप्त गर्ने ‘गोल्डेन बुट’ का लागि प्रतिस्पर्धा चलिरहेको छ । हाल ‘गोल्डेन बुट’ दौडमा केलियन एम्बाप्पे शीर्ष स्थानमा रहँदा एम्बाप्पेलाई लियोनल मेसी र ओलिभर जिरौउडले पछ्याइ रहेका छन ।
केलियन एमबाप्पे–पाँच गोल

फ्रान्सका स्ट्राइकर किलियन एमबाप्पे पाँच गोलसहित अग्रस्थानमा छन । पेरिस सेन्ट जर्मन (पिएसजी) बाट व्यवसायिक फुटबल खेल्ने एमबाप्पे जारी विश्वकपका उत्कुष्ट लयमा देखिएका छन् । समूह चरणमा डेनमार्कविरुद्ध दुई तथा अष्ट्रेलियाविरुद्ध एक गोल गरेका एम्बाप्पेले अन्तिम १६ मा पोल्यान्डविरुद्ध दुई गोल गरेका थिए । एमबाप्पेले दुई गोलका लागि अवसर पनि सिर्जना गरेका छन् ।

लियोनेल मेसी–चार गोल
लियोनेल मेसीको कप्तानीमा अर्जेन्टिना सन् १९८६ पछि पहिलो पटक विश्वकप जित्ने अभियानमा छ । आफ्नो खेल जीवनको अन्तिम विश्वकप खेलिरहेका मेसीले उत्कृष्ट लयलाई कामय राख्दै चार गोल गरेका छन । पिएसजीका स्ट्राइकर मेसीले समूह चरणमा साउदी अरेबिया र मेक्सिको, अन्तिम १६ मा अष्ट्रेलिया र क्वार्टर फाइनलमा नेदरल्यान्ड्सविरुद्ध समान एक गोल गरेका थिए । मेसीले दुई गोलका लागि अवसर पनि सिर्जना गरेका छन् ।

ओलिभर जिरौउड–चार गोल
फ्रान्सका सर्वाधिक गोलकर्ता ओलिभर जिरौउडले जारी विश्वपकपमा चार गोल गरेका छन् । एसी मिलानको स्ट्राइक जिरौउडले समूह चरणमा अष्ट्रेलियाविरुद्ध दुई तथा अन्तिम १६ मा पोल्यान्ड तथा क्वार्टर फाइनलमा इङ्ल्यान्डविरुद्ध समान एक गोल गरेका थिए । करिम बेन्जेमा घाइते भएपछि टोलीमा अवसर पाएका जिरौउडले जारी विश्वपकमा आफूलाई प्रमाणित गर्न सफल भए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP