शनिबार , असार १३, २०८३

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवम् झापा निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित सांसद विश्वप्रकाश शर्माले अध्यादेश ल्याउने सरकारको निर्णय सम्पूर्ण रूपले गलत भएको बताएका छन् ।

आइतबारको मन्त्रिपरिषद बैठकले टीकापुर घटनामा जन्मकैदको सजाय काटिरहेका नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेमश चौधरीलाई छुटाउने मुख्य उद्देश्य राखेर मुलुकी अपराध संहिताको दफा ११६ मा संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेको छ ।

उक्त निर्णय गलत भएको बताउँदै महामन्त्री शर्माले प्रधानमन्त्री एवम् पार्टी सभापतिलगायत सरकारको विरोध गरेका हुन् । आफू सडकमा हुँदा जुन रूपमा सत्ताको विरोध गरिन्थ्यो सोही अनुसार विरोध गरिएको उनको भनाइ छ ।

‘सडकमा छँदा जे सत्य, संसदमा पनि त्यही नै सत्य ! त्यसैले सार्वजनिक दर्ज होस् असहमति !’ उनले ट्वीट गर्दै भनेका छन्, ‘संक्रमणकालमा अध्यादेश ल्याउन दलहरूबीच र आफ्नै दलभित्र घनिभुत छलफलको हेक्का नराखिनु सम्पूर्ण रुपले गलत ! कानुनी र राजनैतिक प्रश्न मात्र होइन, ‘प्रधानमन्त्री ज्यू’ यो प्रकरणमा नैतिक प्रश्न पनि जोडिएको छ !’ कैलालीमा २०७२ मा भएको ‘टीकापुर काण्ड’मा चौधरी प्रमुख योजनाकार भएको भन्दै अदालतले दोषी ठहर गरेपछि उनी अहिले जेलमा छन् ।

तर, अझै प्रधानमन्त्री हुने लालसा बोकेका प्रधानमन्त्री देउवाले भने गठबन्धनलाई बलियो बनाउन तथा आफ्नो पक्षमा सांसद संख्या बढाउन गम्भीर निर्णय लिएका हुन् । अझ काम चलाउ सरकारले गरेको गम्भीर र यो महत्वपूर्ण निर्णयको चौतर्फी आलोचना हुन थालेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP