आइतबार , भाद्र १४, २०८३

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार शेयर बजार घटेको छ । शेयर कारोबार मापक नेप्से परिसूचक ३१.९७ अंकले घटेर १८८५.३१ विन्दुमा पुगेको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ६.२८ अंकले घटेर ३६७.३६ मा पुगेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा कूल २०३ कम्पनीको ३५ लाख १२ हजार ८३४ कित्ता शेयर खरिद बिक्री हुँदा १ अर्ब १० करोड ३४ लाख रुपैयाँमाथिको शेयर कारोबार भएको छ ।

त्यस्तै, कारोबारको आधारमा सिभम सिमेन्ट शीर्ष स्थानमा छ । यसको १० करोड ९३ लाखभन्दा बढीको कारोबार भएको छ । त्यस्तै दोस्रोमा नविल बैंक र तेस्रोमा हिमालयन डिस्टिलरीको कारोबार भएको छ ।
jagdamba.cement

अघिल्लो कारोबार बुधबारको दिन सेयर बजार १६.६१ अंकले ओरालो लागेको थियो । बिहीबार भने सरकारले योः मरी पून्हिँको बिदा दिएको हुनाले नेप्से बन्द रहेको थियो । नेप्से उपसूचक कारोबार राताम्मै भएको छ । सबैभन्दा धेरै बैंकिङमा २.३० प्रतिशतले ओरालो लागेको हो । आइतबारको कारोबारमा सिवाइसी नेपाल लघुवित्त र सम्मीट लघुवित्तको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP