शनिबार , बैसाख ६, २०८२

१८ फागुन, जनकपुरधाम । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘लुते’ को संज्ञा दिएका छन् । सर्लाहीको धनकौलमा मंगलबार आयोजित सभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले आफ्नो ज्यानमाथि खतरा रहेको भनेर बोल्ने ‘लुते’ प्रधानमन्त्री नचाहिने बताए ।

‘जुन देशका प्रधानमन्त्रीले आफ्नो ज्यान जोगाउन सक्दैन, त्यो देशका प्रधानमन्त्रीले जनताको ज्यान कसरी जोगाउँछ’ उनले भने, ‘यस्तो लुते प्रधानमन्त्री चाहिएन ।’ बालुवाटारमा नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको घेरामा रहने प्रधानमन्त्री यसरी डराउँछन् भने अरुको ज्यान जोगाउन नसक्ने थापाले बताए । ‘वर्तमान प्रधानमन्त्रीसँग अब कुनै अपेक्षा छैन’ थापाले भने, ‘केही दिनभित्र बिदाइ गर्ने अभिभारा पूरा गर्नुपर्छ ।’

‘देशलाई बन्धक बनाउने प्रयासमा निर्वाचन आयोग लाग्नुहुँदैन’

नेता थापाले प्रधानमन्त्री ओलीले अहिले पनि देशलाई बन्धक बनाउन खोजेको आरोप लगाए । संसद विघटन गर्दा दुर्घटनामा गइसकेको देशलाई सर्वाेच्च अदालतको फैसलाले बचाएको भन्दै उनले तैपनि प्रधानमन्त्रीले देशलाई निकास नदिने सुर कसेको बताए ।

‘देशलाई निकास नदिने सुर कसेर प्रधानमन्त्रीले संसदभित्रबाट बन्धक बनाउन खोज्नुभएको छ’ उनले भने, ‘यो प्रयासमा निर्वाचन आयोगले मद्दत गर्नु भएन ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP