शुक्रबार , भाद्र १२, २०८३

नेपाली कांग्रेस बुटवल उपमहानगरपालिका वडा समिति वडा नम्बर ४ रुपन्देहीको आयोजनामा स्वागत तथा सम्मान कार्यक्रम सोमबार बुटवलमा सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका जिल्ला सदस्य महेशमान सिंहले बुटवल उद्योग वाणिज्य संघका नव निर्वाचित सम्पूर्ण कार्यसमिति लाई बधाई सहित सफल कार्यकालको शुभकामना दिदै अहिले वाणिज्य संघमा युवावर्गले नेतृव्व आएको हुदाँ विगतका वर्षहरुमा भन्दा अझै बढी सशक्त रुपमा लाग्न आग्रह गर्नु भयो ।

कार्यक्रमका विशिष्ट अतिथि बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका नव निर्वाचित अध्यक्ष उज्जवल कसजूले वाणिज्य संघमा विगत लामो समय देखि विभिन्न पदमा रहेर काम गरेको बताउदै संघले बुटवलको स्वास्थ्य क्षेत्र, शैक्षिक लगायत सुरक्षाको क्षेत्रमा पनि सामाजिक उत्तरदायिव्व बहन गरेको बताउनु भयो ।

कार्यक्रममा उहाँले जब सम्म उद्योग फस्टाउदैन् तब सम्म देशमा समवृद्धि हुन नसक्ने बताउदै यस विषयमा सरकारले ध्यान दिन जरुरी रहेको बताउनु भयो । त्यस्तै सर्भिसलेनको विषयले व्यापारी धरासय भएको हुदाँ उहाँहरुका व्यवसाय सुचारु नहूदासम्म बुटवल उपमहानगरपालिकासंग बुटवल उद्योग वाणिज्य संघले समन्वन गर्ने बताउनु भयो।

बुटवल उपमहानगरपालिका वडा समिति वडा नम्बर ४ का सभापति अरुण कुमार श्रेष्ठले बुटवल उद्योग वाणिज्य संघमा युवाहरु जमात निर्वाचित भएकोमा गर्व लागेको बताउनु भयो ।

कार्यक्रम अरुण कुमार श्रेष्ठको अध्यक्षता, नेपाली कांग्रेसका जिल्ला सदस्य महेशमान सिंहको प्रमुख आतिथ्यता, बुटवल उद्योग वाणिज्य संघका नव निर्वाचित अध्यक्ष उज्जवल कसजूको विशिष्ट आतिथ्यता, नरध्वज गुरुङ्गको स्वागत, सल्लाकार अर्जुन रानाभाट, नेपाली कांग्रेस क्षेत्रीय प्रतिनिधि सर्वजित के. सी , नगर सदस्य कृष्ण देव भण्डारी , सहमद मियाँको शुभकामना मन्तव्य र सचिव गंगा पन्थीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP