आइतबार , भाद्र १४, २०८३

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले खेलकुदले जनताको सम्बन्ध प्रगाढ बनाउने बताएका छन् । आज (शनिबार) देखि काठमाडौंको दशरथ रंगशालामा सुरु भएको एसिया रग्बी यू–१८ सेभेन्स च्याम्पियनसिपको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

खेल युवाको आपसी सम्बन्ध, देश र जनताबीचको सम्बन्धलाई अझ सुदृढ गर्ने माध्यम भएको उनले उल्लेख गरे । हरेक देशको अर्थतन्त्रको विकासमा, अन्तर्राष्ट्रिय भाइचाराको विकासमा र विश्वबन्धुत्वको दिशामा पनि खेल क्षेत्रले ठूलो भूमिका खेल्ने उनको भनाइ छ ।

उनले आफू पनि युवाकालको खेलाडी भएकाले खेलप्रति विशेष रुचि रहेको बताए । ‘मैले आफ्नो जीवनमा पहिलो पटक रग्बी खेललाई प्रत्यक्ष लाइभ हेर्दै छु । म आफैं पनि आफ्नो युवाकालको एउटा खेलाडी हुनुको नाताले प्रत्येक खेलप्रति मेरो विशेष अभिरुचि रहेको छ ।’

उनले भने, ‘भर्खरै नेपालम नवौँ राष्ट्रिय खेलको आयोजना पनि भयो । त्यसमा पनि रग्बीलाई एउटा खेलको रूपमा प्रतियोगितामा सामेल गरिएको थियो । खेल आजको दुनियाँमा विभिन्न देशका जनताको सम्बन्ध, युवाहरूको आपसी सम्बन्ध, देश र जनताबीचको सम्बन्धलाई अझ सुदृढ गर्ने माध्यम भएको छ । यो हरेक देशको अर्थतन्त्रको विकासमा, अन्तर्राष्ट्रिय भाइचाराको विकासमा, विश्वबन्धुत्वको दिशामा पनि खेल क्षेत्रले ठूलो भूमिका खेलेको हुन्छ ।’ नेपालमा रग्बीको अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजनाले देश चिनाउन महत्वपूर्ण योगदान रहने उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP