बुधबार , बैसाख १०, २०८२

बुटवल । लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको देउखुरी क्षेत्रको व्यवस्थापनलाई तीव्र पारिएको छ । मुख्यमन्त्री कार्यालयका सामान बुटवलबाट देउखुरी सारिएलगत्तै स्थायी राजधानीको कार्यालयमा रंगरोगनका साथै सरसफाई थालिएको हो ।

राजधानी तोकिएको क्षेत्र राप्ती उपत्यका देउखुरीअन्तर्गत राप्ती गाउँपालिकाको बजार क्षेत्र तथा लमही–भालुवाङ सडक खण्डको ठाउँ ठाउँमा स्वागत गेट निर्माण, प्रतिक्षालय रंगरोगन र सरसफाई धमाधम भइरहेको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले जानकारी दिए ।

विशेषगरी भालुवाङ बजार, मौरीघाट क्षेत्र, पिपरी बजार, सिसहनियाँ बजार, सिंगेखोलालगायत क्षेत्रमा स्वागत गेटहरू निर्माण गरिएका छन् भने प्रतिक्षालयहरू पनि रंगरोगन गरिइको छ । राप्ती गाउँपालिकाले राजधानी व्यवस्थापन तथा कार्यान्वयनका लागि मूल समितिसहित विभिन्न उपसमिति बनाएर जिम्मेवारीअनुसार काम गरिरहेको छ ।

जसमा श्यामेश चौधरीको संयोजकत्वमा गठित सरसफाई तथा सौन्दर्यकरण उपसमितिले पूर्व–पश्चिम राजमार्ग, नौ वटै वडा तथा टोलहरू सरसफाई गर्ने, प्रतिक्षालयहरू रंगरोगन गर्ने, स्वागत गेट बनाउने जिम्मा पाएको थियोे । त्यही जिम्मेवारीअनुसार राप्ती उद्योग वाणिज्य संघ, सिसहनियाँ उद्योग वाणिज्य संघ, राप्ती गाउँपालिका, चेम्बर अफ कमर्स र भालुवाङ होटल व्यवसायी समितिहरूसँगको सहयोग तथा समन्वयमा राजधानी सिगार्ने काम भइरहेको छ ।

नवनिर्वाचित प्रदेशसभा सदस्यहरूको सपथग्रहण तथा बैठक स्थायी राजधानी देउखुरीमा राख्ने तयारीमा प्रदेश सरकार जुटेको छ । अहिले प्रदेशसभा भवन निर्माण समेत अन्तिम चरणमा पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै


TOP