शनिबार , भाद्र १३, २०८३

काठमाडौं । ब्राजिल विश्वकपबाट बाहिरिएपछि नेयमारले ब्राजिलका लागि खेल्न जारी राख्ने ‘शत प्रतिशत ग्यारेन्टी दिन नसक्ने’ बताएका छन् । यता प्रशिक्षक टिटेले भने राजीनामा दिने घोषणा गरिसकेका छन् । उनले प्रतियोगिता अघि नै उनले आफ्नो टोलीको प्रदर्शनका बाबजुद राजीनामा दिने बताइसकेका थिए ।

१–१ को बराबरी पछि २०१८ को उपविजेता क्रोएसियासँग पेनाल्टीमा पराजित हुँदै विश्वकपको दाबेदार टोली क्वार्टर फाइनल चरणबाट बाहिरिएको छ । ६१ वर्षीय टिटेले ब्राजिलको प्रबन्धकको रूपमा ६ वर्ष काम गरेपछि आफू ‘शान्तिमा जान लागेको’ बताएका छन् ।

यता ३० वर्षीय नेयमारले भने आफ्नो निर्णयको मूल्याङ्कन गर्ने बताउँदै भने, ‘मैले यसबारे अलि बढी सोच्न आवश्यक छ ।’ १८ वर्षको उमेरमा अन्तर्राष्ट्रिय डेब्यू गरेका नेयमारले थपे, ‘म राष्ट्रिय टोलीका लागि कुनै ढोका बन्द गरिरहेको छैन तर म फर्किने १०० प्रतिशत ग्यारेन्टी पनि दिइरहेको छैन । मैले यसबारे अलि बढी सोच्न आवश्यक छ कि मेरो लागि र राष्ट्रिय टोलीको लागि सही कुरा के हो ।’

पेरिस सेन्ट–जर्मेनका फरवार्डले अतिरिक्त समयमा क्रोएसियाविरुद्ध अग्रता दिलाएपछि ब्राजिल पुरुष राष्ट्रिय टोलीका लागि १२४ खेलमा ७७ गोल गर्ने पेलेको ‘आधिकारिक’ गोलको कीर्तिमान बराबरी गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP