शनिबार , बैसाख ६, २०८२

प्रधानमन्त्री केपी ओलीले आफूलाई कसैले सरकारबाट हटाउन सक्ने भए हटाउन चुनौती दिएका छन्।

झापामा पूर्वाञ्चल क्यान्सर अस्पताल उद्घाटन गर्नै मंगलबार ओलीले आफूलाई हटाउन चुनौती दिएका हुन्।

अहिले कसैले हटाउन सके आउँदो चुनावमा दुई तिहाइका साथ फेरि सिंहदरबार फर्किने दाबी गरे।

‘डेढ-दुई वर्षमा त चुनाव होला, दुई तिहाइका साथ फेरि सिंहदरबार फर्किन्छु,’ ओलीले भने, ‘त्यो कुरा म नेपाली जनतासँग आग्रह गर्न चाहन्छु।’

ओलीले देश बनाउनु छ, बिग्रन दिनु हुँदैन भन्दै नेपाली जनताका लागि ‘कम्फरटेबल’ सरकार चाहिएको बताए।

‘हामी नेपाल र नेपालीका लागि काम गर्छौं,’ उनले भने, ‘हामी सबैसँग मित्रता र सहयोग राख्छौं, अरूलाई खुसी पार्ने कुरा हाम्रो हैन, सुखी नेपाली बनाउने कुरा हाम्रो हो।’

ओलीले अदालतमा आफू मुद्दा हाल्न नगएको भन्दै अदालतको आदेश पालना गर्न तयार रहेको बताए।

उनले प्रतिनिधि सभा बैठक डाकिएको र त्यसमा आफ्नो सकारात्मक भूमिका हुने बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP