शुक्रबार , भाद्र १२, २०८३

प्रधानमन्त्री केपी ओलीले आफूलाई कसैले सरकारबाट हटाउन सक्ने भए हटाउन चुनौती दिएका छन्।

झापामा पूर्वाञ्चल क्यान्सर अस्पताल उद्घाटन गर्नै मंगलबार ओलीले आफूलाई हटाउन चुनौती दिएका हुन्।

अहिले कसैले हटाउन सके आउँदो चुनावमा दुई तिहाइका साथ फेरि सिंहदरबार फर्किने दाबी गरे।

‘डेढ-दुई वर्षमा त चुनाव होला, दुई तिहाइका साथ फेरि सिंहदरबार फर्किन्छु,’ ओलीले भने, ‘त्यो कुरा म नेपाली जनतासँग आग्रह गर्न चाहन्छु।’

ओलीले देश बनाउनु छ, बिग्रन दिनु हुँदैन भन्दै नेपाली जनताका लागि ‘कम्फरटेबल’ सरकार चाहिएको बताए।

‘हामी नेपाल र नेपालीका लागि काम गर्छौं,’ उनले भने, ‘हामी सबैसँग मित्रता र सहयोग राख्छौं, अरूलाई खुसी पार्ने कुरा हाम्रो हैन, सुखी नेपाली बनाउने कुरा हाम्रो हो।’

ओलीले अदालतमा आफू मुद्दा हाल्न नगएको भन्दै अदालतको आदेश पालना गर्न तयार रहेको बताए।

उनले प्रतिनिधि सभा बैठक डाकिएको र त्यसमा आफ्नो सकारात्मक भूमिका हुने बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP