मंगलबार , बैसाख २९, २०८३

भैरहवा । गृहमन्त्री बालकृष्ण खाँणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई नेपालको आर्थिक विकासको केन्द्र बनाउनेमा लागिरहेको बताएका छन । आठौँ लुम्बिनी राष्ट्रिय महोत्सवको भैरहवामा उद्घाटन गर्दै गृहमन्त्री खाँणले विमानस्थल गतिशील र चलायमान गराउन यहाको उद्योगी व्यवसायी तथा आमनागरिकको जीवनमा परिवर्तन ल्याउनेमा विश्वस्त रहेको बताए ।

विशेष आर्थिक क्षेत्र सेज पूर्णरूपमा सञ्चालनका लागि केही कार्यविधि बदल्नुपर्ने भएकाले त्यसमा सरकार प्रयत्नशील रहेको उल्लेख गरे । ‘आइसीपी निर्माणका लागि भारतले सुरुवात गरेको छ, नेपाल सरकारले पनि सुरुवात गर्नेछ’, उनले भने ।
नेपालमा रात्रीकालीन बजारको खासै प्रचलन नभए पनि पर्यटन व्यवसायको प्रवर्द्धनका लागि २४ घण्टा बजार सञ्चालनको अवधारणा ल्याइएको छ । अनुमति लिएर तोकिएको मापदण्ड पूरा गरेपछि २४ सैं घण्टा व्यवसाय सञ्चालन गर्न उनले आग्रह गरे ।

‘राति १२ बजेसम्म पसल सञ्चालनमा स्थानीय प्रशासनले रोक लगाउँदैन,’ उनले भने, ‘आर्थिक गतिशिलतालाई मध्यनजर गर्दै १२ बजेसम्म व्यवसाय सञ्चालन गर्न दिन सरकार लचिलो छ ।’ खाँणले मेला महोत्सवका निम्ति मण्डप निर्माणका लागि आवश्यक जग्गा खोजीका लागि सिद्धार्थनगर नगरपालिकालाई आग्रह गर्दै मण्डप निर्माणका लागि केन्द्रीय सरकारले बजेट व्यवस्थापन गर्ने बताए ।

उद्योगी व्यवसायीले व्योहोरिरहेको आर्थिक मन्दीलाई महोत्सवले महत्वपूर्ण सन्देश दिने उनले बताए । उद्योगी र व्यवसायी कुनै पनि मुलुकको मेरुदण्ड रहेकाले उद्योगी व्यवसायीले व्यहोर्नु परेका समस्या समाधान गर्न सरकार गम्भीर रहेको उनको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP