बुधबार , बैसाख १०, २०८२

काठमाडौँ । प्रतिनिधिसभामा थ्रेस होल्ड कटाउन नसकेर राष्ट्रिय पार्टी बन्न नसकेको नेकपा एकीकृत समाजवादीले समानुपातिकतर्फ सात वटै प्रदेशमा गरी नौं सिट पाएको छ । प्रदेश १ मा ३.२४ प्रतिशत अर्थात् कुल १७ लाख २५ हजार ८५२ मतमध्ये ५५ हजार ९५७ मत ल्याएको उसले एक सिट पाएको हो ।

मधेस प्रदेशमा १९ लाख ५२ हजार ९४९ मतमध्ये एक लाख १३ हजार ९१५ मत पाएको एकीकृत समाजवादीले सबैभन्दा धेरै तीन सिट पाएको छ । यो कुल सदर मतको ५.८३ प्रतिशत हो । यस्तै बागमती प्रदेशमा १८ लाख ६९ हजार १३६ मतमध्ये ६९ हजार ८४६ मत पाएको दुई सिट पाएको छ । यो कुल सदर मतको ३.७४ प्रतिशत हो ।

गण्डकी प्रदेशमा थ्रेस होल्ड कटाए पनि सिट भने पाउन सकेन । गण्डकीमा एकीकृत समाजवादीले कुल ९ लाख ४२ हजार ्,७९८ मतमध्ये १५,०७६ मत पाएको थियो । यो कुल सदर मतको १.६० प्रतिशत हो । लुम्बिनीमा प्रदेशमा एकीकृत समाजवादीले एक सिट पाएको छ । कूल १७ लाख ७७ हजार ७२० मतमध्ये ४२ हजार ६२१ मत पाएको थियो । यो कूल सदर मतको २.४० प्रतिशत हो ।

कर्णाली प्रदेशमा पनि उसले एक सिटमै चित्त बुझाउनु परेको छ । कुल ८ लाख ५२ हजार २८१ मतमध्ये ४३ हजार ८१९ मत पाएको उसले एक सिट मात्र पाएको हो । कर्णाली प्रदेश सभामा पनि एकीकृत समाजवादीले एक सिट पाएको छ । कुल ५ लाख ६२ हजार ३४० मतमध्ये एकीकृत समाजवादीले ३५ हजार ८२६ मत पाएको थियो । यो कुल सदर मतको ६.३७ प्रतिशत हो ।

सुदूरपश्चिम प्रदेशसभामा समेत एकीकृत समाजवादीले एक सिट मात्र पाएको छ । कुल ८ लाख ५२ हजार २८१ मतमध्ये ४३ हजार ८१९ मत पाएको थियो । यो कुल सदर मतको ५.१४ प्रतिशत हो ।

प्रतिनिधिसभातर्फ समानुपातिकमा एकीकृत समाजवादीले २ लाख ९८ हजार ३९१ मत पाएको हो । सदर भएको कूल एक करोड पाँच लाख ६० हजार ०८२ मतमध्ये तीन प्रतिशत मत नपुगेपछि प्रतिनिधिसभामा समानुपातिक सिट शून्य भएको हो । यद्यपि प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नेकपा एकीकृत समाजवादीले १० सिट जितेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै


TOP