आइतबार , भाद्र १४, २०८३

अर्घाखाँची । अर्घाखाँचीबाट हराएकी एक युवतीको डेढ महिनापछि भारतको नयाँदिल्लीबाट आज उद्धार गरिएको छ । गत कात्तिक २४ गतेदेखि हराएकी सन्धिखर्क नगरपालिका निवासी १७ वर्षीया युवतीलाई शान्ति पुनःस्थापना गृह बाँकेले देहरादुनस्थित हेल्पक्रस संस्था र भारतीय प्रहरीको सहयोगमा उद्धार गरेको गृहका क्षेत्रीय संयोजक भूमिराज भट्टराईले जानकारी दिए ।

उनका अनुसार दिल्लीको कोटला थानाका इन्चार्ज सुनिल गोडियालको सक्रियतामा युवतीलाई ललाइफकाइ भारत पु¥याउने सन्धिखर्क नगरपालिका–६ अर्घाखाँची निवासी २४ वर्षीय सुभाष नेपालीलाई समेत पक्राउ गरी जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाइएको छ ।

युवतीको अभिभावकले खोजतलासका लागि जिल्ला प्रहरी कार्यालय अर्घाखाँची र शान्ति पुनःस्थापना केन्द्र बाँकेमा निवेदन दिएका आधारमा खोजी गर्ने क्रममा भारतको नयाँदिल्लीमा युवा–युवतीलाई फेला पारिएको थियो । भारतीय प्रहरीको सहयोगमा उनको खोजतलास गर्न १० दिन समय लागेको थियो । उद्धार गरिएकी युवतीलाई परिवारको जिम्मा लगाउने तयारी भएको शान्ति पुनःस्थापना गृह बाँकेका संयोजक निर्मल सुवेदीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP