शनिबार , असार १३, २०८३

नयाँदिल्ली । भारतको जालन्धरमा चार जना युवतीले एक पुरुषमाथि सामुहिक बलात्कार गरेका छन् । चार युवतीहरुले ती पुरुषलाई ठेगाना सोध्ने बहानामा रोकेर कारमा सामुहिक बलात्कार गरेका हुन् ।

ती मानिसको अनुहारमा स्प्रे छर्केर पिट्दै गाडीमा राखेर जबरजस्ती मदिरा खुवाएर नशाको हालतमा युवतीहरुले बलात्कार गरेका थिए । आरोपी युवतीहरु २० देखि ३० वर्षका हुन् । पीडित पुरुष एक छाला कम्पनीका मजदुर हुन् । उनी बच्चाबच्चीका पिता हुन् । उनकी पत्नीले भनेपछि पुलिसमा कुनै उजुरी परेको थिएन । तर सामाजिक सञ्जालमा यो खबर भाइरल भएको थियो ।

भारतको कानूनअनुसार यो घटना कुनै बलात्कारको घटना हैन । भारतीय अदालतले तेस्रो लिंगी र पुरुषलाई बचाउन पनि कानूनमा सुधार गर्नुपर्ने आवश्यकता औंल्याएको छ । भारतमा थुप्रै यस्ता घटना हुँदै आए पनि कानूनी अभावमा घटना दर्ता समेत हुने गरेका छैनन् । भारतमा महिलालाई न्याय दिनका लागि कानून बदलिएको थियो । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP