बुधबार , जेठ ८, २०८२

बुटवल।तिलोत्तमा सहकारीले आफनो २६ औ साधारण सभा तथा १० औं अधिवेशनको अवसरमा विहिबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । तिलोत्तमा नगरपालिका २ स्थित सहकारीको आफनै भवनमा सम्पन्न कार्यक्रममा ५२ युनिट रगत संकलन भएको सहकारीका अध्यक्ष माधवलाल देवकोटाले जानकारी दिनुभयो ।
रक्तदान कार्यक्रमको उदघाटन गर्दै तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाणले रक्तदान जस्तो महत्वपुर्ण कार्यक्रम गरेर सहकारीले समाजिक उत्तरदायित्व बहनको क्षेत्रमा उत्कृष्ट काम गरेको बताउनु भयो । सहकारीका सल्लाहकार समेत रहनुभएका नगरप्रमुख खाणले तिलोत्तमा सहकारी चलायमान सहकारी मध्य उत्कृष्ट रहेको र यसले आर्थिक शसक्तिकरणका साथै सदस्यहरुको नेतृत्व क्षमता विकासमा समेत महत्वपूर्ण भुमिका खेलेको बताउनु भयो ।
सहकारीका अध्यक्ष माधवलाल देवकोटाले सहकारीलाइ प्रविधिमैत्री बनाउँदै आफना सदस्यहरुको आर्थिक सशक्तिकरणकालागि उद्यमशीलता तथा स्वरोजगार सिर्जना हुने गरी कार्ययोजना बनाइ लागु गरीएको बताउनु भयो । पछिल्लो समय ग्राहक केन्द्रित सहकारीहरुमा समस्या देखिएपनि सदस्य केन्द्रित सहकारीहरुमा कुनै समस्या नरहेको उल्लेद गर्दै उहाँले तिलोत्तमा सहकारी पनि ग्राहक केन्द्रित सहकारी भएको बताउनु भयो । कार्यक्रममा विशिष्ट अतिथि तथा सहकारीका सल्लाहकार प्रेमबहादुर भण्डारी, सहकारीका सचिव पार्वती थापा,कायक्रम संयोजक लालबहादुर शाह गुप्ता, सिष्टर सोसाइटीका सचिवालय अध्यक्ष यादा क्षेत्री लगायतले बोल्नु भएको थियो । करिब ४ हजार शेयर सदस्य रहेको सहकारीको २६ औ साधारण सभा तथा १० औं अधिवेशन शनिबार सम्पन्न हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP