मंगलबार , बैसाख २९, २०८३

बुटवल।तिलोत्तमा सहकारीले आफनो २६ औ साधारण सभा तथा १० औं अधिवेशनको अवसरमा विहिबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । तिलोत्तमा नगरपालिका २ स्थित सहकारीको आफनै भवनमा सम्पन्न कार्यक्रममा ५२ युनिट रगत संकलन भएको सहकारीका अध्यक्ष माधवलाल देवकोटाले जानकारी दिनुभयो ।
रक्तदान कार्यक्रमको उदघाटन गर्दै तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाणले रक्तदान जस्तो महत्वपुर्ण कार्यक्रम गरेर सहकारीले समाजिक उत्तरदायित्व बहनको क्षेत्रमा उत्कृष्ट काम गरेको बताउनु भयो । सहकारीका सल्लाहकार समेत रहनुभएका नगरप्रमुख खाणले तिलोत्तमा सहकारी चलायमान सहकारी मध्य उत्कृष्ट रहेको र यसले आर्थिक शसक्तिकरणका साथै सदस्यहरुको नेतृत्व क्षमता विकासमा समेत महत्वपूर्ण भुमिका खेलेको बताउनु भयो ।
सहकारीका अध्यक्ष माधवलाल देवकोटाले सहकारीलाइ प्रविधिमैत्री बनाउँदै आफना सदस्यहरुको आर्थिक सशक्तिकरणकालागि उद्यमशीलता तथा स्वरोजगार सिर्जना हुने गरी कार्ययोजना बनाइ लागु गरीएको बताउनु भयो । पछिल्लो समय ग्राहक केन्द्रित सहकारीहरुमा समस्या देखिएपनि सदस्य केन्द्रित सहकारीहरुमा कुनै समस्या नरहेको उल्लेद गर्दै उहाँले तिलोत्तमा सहकारी पनि ग्राहक केन्द्रित सहकारी भएको बताउनु भयो । कार्यक्रममा विशिष्ट अतिथि तथा सहकारीका सल्लाहकार प्रेमबहादुर भण्डारी, सहकारीका सचिव पार्वती थापा,कायक्रम संयोजक लालबहादुर शाह गुप्ता, सिष्टर सोसाइटीका सचिवालय अध्यक्ष यादा क्षेत्री लगायतले बोल्नु भएको थियो । करिब ४ हजार शेयर सदस्य रहेको सहकारीको २६ औ साधारण सभा तथा १० औं अधिवेशन शनिबार सम्पन्न हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP