मंगलबार , अषोज २७, २०८३

काठमाडौँ । फिफा विश्वकप फुटबलको क्वार्टर फाइनलका खेल आज (शुक्रबार) देखि शुरु हुँदैछन् । क्वार्टर फाइनलको पहिलो खेलमा ब्राजिल र क्रोएसियाबीच हुँदैछ । उक्त खेल नेपाली समयअनुसार आज राति पौने ९ बजे एजुकेसन सिटी मैदानमा हुनेछ ।

ब्राजिलले अन्तिम १६ मा दक्षिण कोरियालाई ४–१ गोलले हराएको थियो । त्यस्तै क्रोएसियाले जापानलाई पेनाल्टी सुटआउटमा हराएको थियो । ब्राजिल पाँच पटकको विश्वकप विजेता टोली हो भने क्रोएसिया सन् २०१८ को उपविजेता हो ।
त्यस्तै दोस्रो क्वाटरफाइनलमा अर्जेन्टिना र नेदरल्याण्ड्स आज राति पौने १ बजे लुसाइल मैदानमा खेल्दै छन् । अर्जेन्टिनाले अन्तिम १६ मा अष्ट्रेलियालाई २–१ गोलले हराएको थियो । नेदरल्याण्ड्स अमेरिकालाई ३–१ गोलले हराएर क्वार्टर फाइनलमा पुगेको हो ।

अर्जेन्टिना सन् १९७८ को फाइनलमा नेदरल्याण्ड्सलाई हराएर पहिलो पटक च्याम्पियन बनेको थियो । कतारमा चलिरहेको विश्वकपमा साविक विजेता फ्रान्स, साविक उपविजेता क्रोएसिया, ब्राजिल, अर्जेन्टिना, इङल्याण्ड, नेदरल्याण्ड्स, मोरक्को र पोर्चुगल अन्तिम आठमा पुगेका छन् । क्वार्टर फाइनलमा भोलि (शनिबार) मोरक्को र पोर्चुगल तथा अन्तिम खेलमा फ्रान्स र इङल्याण्डबीच खेल हुनेछ ।

विश्वकपमा सबैभन्दा सफल टोली ब्राजिल हो । ब्राजिलले पाँच पटक विश्व कपको उपाधि जित्दा इटली र जर्मनीले चार÷चार पटक, अर्जेन्टिना, फ्रान्स र उरुग्वेले दुई÷दुई पटक तथा इङ्ल्याण्ड र स्पेनले एक÷एक पटक उपाधि जितेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP