बुधबार , बैसाख १०, २०८२

काठमाडौं । इरानले सरकारविरुद्धको प्रदर्शनमा सहभागी एक व्यक्तिलाई मृत्युदण्ड दिएको छ । विरोध प्रदर्शन गर्नेलाई मृत्युदण्ड दिइएको यो पहिलो घटना हो ।

मोहसिन शेकारीलाई ‘मोहरेबेह’ अर्थात् ईश्वरविरोधी गतिविधि गरेको आरोपमा हिजो मृत्युदण्ड दिइएको बीबीसीले जनाएको छ । उनीमाथी गएको सेप्टेम्बरमा तेहरानको मुख्य सडक अवरुद्ध गरेको र अर्धसैनिक बलका एक सदस्यलाई छुरा प्रहार गरी घाइते बनाएको अभियोग रहेको थियो ।

एक अभियानकर्मीका अनुसार मोहसिनलाई कुनै प्रकृया विना नै दोषी ठहर गरिएको थियो । अन्तर्राष्ट्रिय समुदायले यो मृत्युदण्डविरुद्ध तत्काल प्रतिक्रिया जनाउनुपर्नेमा नर्वेमा रहेको इरान मानव अधिकारका निर्देशक महमुद अमिरी मोगदमले बताउनुभएको छ ।

अदालतको फैसलाविरुद्ध दोषी भनिएका शेकारीले अपिल गरेका थिए । तर उनीविरुद्ध पुरानै फैसलालाई सर्वोच्च अदालतले सदर गरेको थियो । रिभोल्यूशनरी अदालतले अरु १० जना प्रदर्शनकारीलाई पनि मृत्युदण्डको सजाय सुनाएको छ । तर उनिहरुको परिचय खुलाइएको छैन ।

एम्नेस्टी इन्टरनेश्नलले मृत्युदण्डको सजाय प्रदर्शन दबाउन र आम नागरिकमा त्रास पैदा गर्न नियोजित कदम रहेको टिप्पणी गरेको छ । इरानमा प्रहरी हिरासतमा रहेकी २२ वर्षीया महसा अमिनीको ज्यान गएपछि प्रदर्शन सुरू भएको थियो । महसालाई गएको सेप्टेम्बर १३ मा विशेष प्रहरीले गलत तरिकाले हिजाब लगाएको भन्दै पक्राउ गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै


TOP