बिहिबार , बैसाख ११, २०८२

कैलाली । कैलालीमा हँसिया प्रहार गरी सालोको हत्या गर्ने ५० वर्षीय गौरीलाल ढुङ्गानाले प्रहरीमा आत्मसमर्पण गरेका छन् । जोशीपुर गाउँपालिका–६ का ढुङ्गाना आफैं इलाका प्रहरी कार्यालय सडकपुरको सम्पर्कमा आएपछि प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले उनी सम्पर्कमा आएपछि नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताए । ढुङ्गानाले मंगलबार जोशीपुर गाउँपालिका– ६ कुमारीबागका ३३ वर्षीय पदमराज भण्डारीको हँसिया प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ । भण्डारी र ढुङ्गानाबीच साला–भिनाजुको नाता पर्दछ ।

उनको हँसिया प्रहारबाट सोही ठाउँका ४० वर्षीय जयराज भण्डारी गम्भीर घाइते भएका छन् । उनको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै


TOP