बिहिबार , बैसाख ११, २०८२

कोलम्बो । श्रीलङ्काले सन् २०२३ मा वस्तु तथा सेवा निर्यातबाट १९ अर्ब अमेरिकी डलर आम्दानी गर्ने अनुमान गरेको लगानी प्रवद्र्धन मन्त्रालयले बुधबार जनाएको छ ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘व्यावसायिक वस्तुको निर्यातबाट १४ अर्ब ८० करोड डलर र बाँकी चार अर्ब २० करोड डलर सेवा निर्यातबाट प्राप्त हुनेछ ।’

यो लक्ष्य हासिल गर्न मन्त्रालयले श्रीलङ्काको निर्यातको साख बढाउने, मूल्य अभिवृद्धि र उत्पादनहरूको ब्रान्डिङ गर्ने, नयाँ बजारहरूमा पहुँच बढाउने, निर्यातकर्ताहरूको संख्या बढाउने र निर्यात क्षेत्रको दक्षता बढाउनेलगायत विभिन्न रणनीतिहरू लागू गरेको मन्त्रालयले जनाएको छ ।

यी रणनीति पूरा गर्न सरकारले सन् २०२३ का लागि सात लाख अमेरिकी डलर विनियोजन गरेको मन्त्रालयले जनाएको छ । श्रीलङ्कामा भ्रष्टाचार वृद्धि र कोभिडका कारण विदेशी मुद्रा (डलर) को अभाव हुँदा खाद्यान्न, औषधि, इन्धनलगायतका बस्तु खरिदमा समस्या भएपछि केही महिना पहिले देशब्यापी चलेको आन्दोलनको दबाबका कारण तत्कालीन राष्ट्रपति गोतबाय राजपाक्ष र प्रधानमन्त्री महिन्दा राजपाक्षले पदबाट बाहिरिनु परेको थियो । सिन्ह्वा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै


TOP