बुधबार , बैसाख १०, २०८२

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाली आकाश हवाई उडानका लागि सुरक्षित रहेको बताएका छन् ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसका अवसरमा बुधबार यहाँ आयोजित एक कार्यक्रममा उनले अन्तर्राष्ट्रिय निकायले हवाई सुरक्षाका विषयमा प्रश्न उठाउनुपर्ने अवस्था नरहेको बताए । ‘प्राधिकरणले अझ सुरक्षालाई व्यवस्थित बनाउने काम गरिरहेको छ’, उनले भने ।

नागरिक उड्डयन प्राधिकरणले हवाई सुरक्षाका विषयमा जिम्मेवारीपूर्वक काम गरिरहेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले नेपालको हवाई उडान ‘आइकाओ’को कालोसूचीबाट हट्ने अवस्थामा पुगेको बताए । हवाई सुरक्षा नीतिका विषयमा सरकारले आफ्नो नीति स्पष्ट बनाएको बताउँदै उनले आइकाओले नेपालको नीति, प्राधिकरणले हवाई सुरक्षामा गरेका कामका आधारमा चाँडै कालोसूचीबाट हट्ने विश्वास व्यक्त गरे ।

उनले नेपाल वायुसेवा निगमको नेतृत्वले क्षमता विकास गर्न नसकेको बताए । सरकारले ठूलो लगानी गरेको वायुसेवा निगममा अयोग्य नेतृत्वका कारण जनताले सेवा लिनबाट वञ्चित हुने तथा विभिन्न दुःख पाउने गरेको टिप्पणी गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै


TOP