शनिबार , जेठ २५, २०८२

अस्ट्रेलियामा चीनको लगानी सन् २०२० मा ५ वर्षयताकै कमजोर अवस्थामा पुगेको छ । अस्ट्रेलियन नेशनल युनिभर्सिटीको तथ्यांकअनुसार गत वर्ष अस्ट्रेलियामा ७८ करोड डलर लगानी भित्रिएको थियो । सन् २०१९ मा अस्ट्रेलियामा चिनियाँ लगानी एक अर्ब ५७ करोड डलर थियो । २०१९ मा पनि अस्ट्रेलियामा चीनको लगानीमा ४७ प्रतिशतको कमी आएको थियो ।

पछिल्लो समय चीन र अस्ट्रेलियाबीच तनाव बढिरहेको अवस्थामा चिनियाँ लगानीमा उल्लेख्य कमी आएको तथ्यांक सार्वजनिक भएको हो । सन् २०२० मा केवल २० ओटा लगानी अस्ट्रेलिया भित्रिएका थिए । यो संख्या सन् २०१६ मा १११ ओटा थियो ।

विश्लेषकहरुले गत वर्ष विश्वभर नै लगानीमा कमी आएकाले त्यसको असर अस्ट्रेलियामा पनि देखिएको बताएका छन् । गत वर्ष अस्ट्रेलियाले मुलुकमा भित्रिले वैदेशिक लगानीका नियमहरु पनि परिवर्तन गरेको थियो । यसले पनि चीनबाट भित्रिने लगानीमा असर पारेको केहीले बताएका छन् ।

गत वर्ष अस्ट्रेलियाले कोरोना भाइरस (कोभिड–१९) को उत्पत्तिको विषयमा जाँच हुनुपर्ने माग गरेसँगै दुई मुलुकको सम्बन्ध चिसिन थालेको थियो । यससँगै चीनले केही अस्ट्रेलियाली सामग्रीमा दुई सय प्रतिशतसम्म अतिरिक्त भन्सार बढाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने


TOP