सोमबार , अषोज २६, २०८३

अस्ट्रेलियामा चीनको लगानी सन् २०२० मा ५ वर्षयताकै कमजोर अवस्थामा पुगेको छ । अस्ट्रेलियन नेशनल युनिभर्सिटीको तथ्यांकअनुसार गत वर्ष अस्ट्रेलियामा ७८ करोड डलर लगानी भित्रिएको थियो । सन् २०१९ मा अस्ट्रेलियामा चिनियाँ लगानी एक अर्ब ५७ करोड डलर थियो । २०१९ मा पनि अस्ट्रेलियामा चीनको लगानीमा ४७ प्रतिशतको कमी आएको थियो ।

पछिल्लो समय चीन र अस्ट्रेलियाबीच तनाव बढिरहेको अवस्थामा चिनियाँ लगानीमा उल्लेख्य कमी आएको तथ्यांक सार्वजनिक भएको हो । सन् २०२० मा केवल २० ओटा लगानी अस्ट्रेलिया भित्रिएका थिए । यो संख्या सन् २०१६ मा १११ ओटा थियो ।

विश्लेषकहरुले गत वर्ष विश्वभर नै लगानीमा कमी आएकाले त्यसको असर अस्ट्रेलियामा पनि देखिएको बताएका छन् । गत वर्ष अस्ट्रेलियाले मुलुकमा भित्रिले वैदेशिक लगानीका नियमहरु पनि परिवर्तन गरेको थियो । यसले पनि चीनबाट भित्रिने लगानीमा असर पारेको केहीले बताएका छन् ।

गत वर्ष अस्ट्रेलियाले कोरोना भाइरस (कोभिड–१९) को उत्पत्तिको विषयमा जाँच हुनुपर्ने माग गरेसँगै दुई मुलुकको सम्बन्ध चिसिन थालेको थियो । यससँगै चीनले केही अस्ट्रेलियाली सामग्रीमा दुई सय प्रतिशतसम्म अतिरिक्त भन्सार बढाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP