बिहिबार , बैसाख ११, २०८२

काठमाडौं । साताको कारोबारको चौंथो दिन बुधबार शेयर बजार घटेको छ । शेयर कारोबार मापक नेप्से परिसूचक १६.६१ अंकले घटेर १९१७.२८ विन्दुमा पुगेको छ । मंलबार शेयर बजार ५ अंकले ओरालो लागेको थियो भने ९६ करोडको कारोबार भएको थियो ।

आज (बुधबार) ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.४४ अङ्कले घटेर ३७३.६४ मा पुगेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा कूल २०४ कम्पनीको ८० लाख ९२ हजार ७१९ कित्ता शेयर खरिद बिक्री हुँदा १ अर्ब ६५ करोड ४६ लाख रुपैयाँमाथिको शेयर कारोबार भएको छ ।

त्यस्तै, कारोबारको आधारमा सानिमा शीर्ष स्थानमा छ । यसको आज ६७ करोड २ लाखभन्दा बढीको कारोबार भएको छ । त्यस्तै दोस्रोमा सिभम् सिमेन्ट र तेस्रोमा नविल बैंकको कारोबार भएको छ । बुधबारको कारोबारमा १३ वटा उपसूचकमध्ये जम्मा एक उपसूचक बढेको छ भने बाँकी सबै उपसूचक घटेको छ । कारोबारमा खप्तड लघुवित्त वित्तीय संस्था ६.०९ प्रतिशत र कुमारी धानवृद्धि योजना ५.१५ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै


TOP