मंगलबार , बैसाख २९, २०८३

बुटवल । बुटवलमा अक्सिजन सुविधासहितका २ वटा स्वास्थ्य केन्द्र बन्ने भएका छन् । बुटवल उपमहानगरपालिका वडा नं १३ र १७ मा १६१६ शैयाका अक्सिजन सुविधासहितका स्वास्थ्य केन्द्र बनाउन थालिएको हो ।
एशियाली विकास बैंकमार्फत जापान सरकारको अनुदानमा प्रति भवन १ करोड ५७ लाख लागत लाग्ने र ६ देखि ८ महिनाभित्रमा निर्माण सम्पन्न भएर हस्तान्तरण हुने बुटवल उपमहानगरपालिकाका जनस्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले बताउनुभयो ।
स्वास्थ्य केन्द्रको भवन निर्माणका लागि यही मंसिर ९ मा टेण्डर स्वीकृत भएर निर्माणको प्रक्रिया अघि बढ्ने चरणमा रहेको पाण्डेले बताउनुभयो ।
‘नगरप्रमुख खेलराज पाण्डेयको विशेष चासोका कारण यी स्वास्थ्य केन्द्र बुटवलमा आएका हुन्, उहाँले भन्नुभयोयी स्वास्थ्य केन्द्रले बुटवलको स्वास्थ्य क्षेत्रमा थप इटा थप्नेछन् ।’
कोभिड १९ महामारी र महामारीजन्य विपद् व्यवस्थापनमा समेत सहयोग हुने गरी निर्माण हुने अक्सिजन सिलिण्डरसहितका बहुउदेश्यीय स्वास्थ्य केन्द्र भवनको छिटै नै शिलान्याश गरिने उहाँले बताउनुभयो । स्वास्थ्य केन्द्रमा नर्स, प्यारामेडिक्ससहितका स्वास्थ्यकर्मीहरु रहने र सामान्यदेखि अक्सिजन दिएर उपचार गर्नेसम्मका उपचार हुने जनस्वास्थ्य शाखा प्रमुख पाण्डेले बताउनुभयो ।
३३ कठ्ठा जग्गामा बन्ने स्वास्थ्य केन्द्रमा भवन निर्माणको काम छिटै शुरु हुने गरी प्रक्रिया अघि बढेको मझौला तथा साना शहरहरुमा खानेपानी, सरसफाई, स्वच्छता र स्वास्थ्य पहलहरु मार्फत कोभिड १९ को रोकथाम र नियन्त्रण आयोजनाका कार्यक्रम संयोजक हरि प्रसाद शर्माले बताउनुभयो ।
बुटवललाई स्वास्थ्य क्षेत्रमा अग्रणी शहर बनाउनका लागि साना स्तरका देखि विशिष्टीकृत अस्पताल बनाउने योजनाअनुसार स्वास्थ्य केन्द्र निर्माणको काम अघि बढाएको नगर प्रमुख खेलराज पाण्डेयले बताउनुभयो ।
उहाँले उपचारका लागि बुटवलबासीले अन्यत्र जानुपर्ने अवस्थाको अन्त्य गर्ने गरी भौतिक पूर्वाधार र जनशक्ति उत्पादनमा ध्यान दिएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP