सोमबार , असार २, २०८२

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि अस्ट्रेलियाका नवनियुक्त राजदूत फेलिसिटी जाने भोल्कबीच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित कार्यकक्षमा भएको भेटमा सभामुख सापकोटाले अष्ट्रेलियन राजदूतलाई कार्यकाल सफलताको शुभकामना दिनुभएको छ ।

सभामुख सापकोटाले नेपाल र अस्ट्रेलियाबीच छ दशक लामो कूटनीतिक सम्बन्ध हार्दिक, सुमधुर, बहुआयामिक र नमुनायोग्य रहेको बताउँदै अस्ट्रेलियाले कोभिड–१९ नियन्त्रणमा हासिल गरेको उपलब्धिप्रति समेत खुशी व्यक्त गर्नुभएको जनाइएको छ । अस्ट्रेलियाको १२० वर्ष लामो सङ्घीयतासम्बन्धी असल अभ्यास नेपालका लागि सिकाइ हुन सक्ने सभामुख सापकोटाको धारणा थियो । सङ्घीय संसद्मा नेपाल–अस्ट्रेलिया संसदीय मैत्री समूह रहेको स्मरण गर्नुहुँदै सभामुख सापकोटाले कोभिड नियन्त्रणपछि संसदीय मैत्री समूह थप सक्रिय भई संसद्–संसद्बीचको सहकार्य थप उचाइमा पुग्ने विश्वास व्यक्त गर्नुभयो । नेपाली विद्यार्थीको ठूलो सङ्ख्या अस्ट्रेलियामा उच्च शिक्षा तथा रोजगारीमा रहेको बताउँदै सभामुख सापकोटाले यो अवसरका लागि अष्ट्रेलियाली सरकारलाई धन्यवाद दिनुभएको थियो । राजदूत फेलिसिटीले आफ्नो कार्यकालमा नेपालमा व्यापार, लगानी प्रवर्धन र सङ्घीयता कार्यान्वयनका लागि सहकार्य जारी रहने प्रतिबद्धता व्यक्त गर्नुभएको जनाईएको छ ।

आफ्नो देशमा सङ्घीयताको लामो इतिहास भए पनि सिक्ने क्रम जारी रहेको चर्चा गर्दै नेपाल र अस्ट्रेलियाले एक अर्काबाट सिक्नु पर्ने धेरै विषय रहेको राजदूत फेलिसिटीले बताउनुभयो । आफू २० वर्षको उमेरमा नेपाल आएको, त्यसपछि पनि तीन पटक नेपाल घुम्न आएको स्मरण गर्दै अहिले राजदूतका रुपमा आउन पाउँदा खुशी लागेको फेलिसिटीले सभामुख सापकोटासँग बताउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल वि.सं. २०८२ वैशाख १३ गते शनिवार : श्री शनिदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP
सोमंबुबिशु