शनिबार , असार १३, २०८३

मोरङ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अबको पाँच वर्षपछि प्रदेश सरकार रहने/ नरहने भन्ने प्रष्ट हुने बताएका छन् । मोरङको विराटनगरमा आज (मंगलबार) गुरूराज घिमिरेद्वारा लिखित ‘बाटो बिराएको राजनीति’ नामक पुस्तक विमोचन कार्यक्रममा थापाले यस्तो बताएका हुन् ।

‘प्रदेशले पाँच वर्षभित्रमा आफ्नो औचित्य पुष्टि गर्न सकेन भने प्रदेश हामीले बचाएर बच्दैन जनस्तरबाटै आवाज उठिहाल्छ’, उनले भने । उनले प्रदेशलाई बलियो बनाउन कांग्रेस नेता गुरु घिमिरे जस्ता नेताको खाँचो रहेको पनि बताए । तर, घिमिरेले चुनाव हार्दा प्रदेशले राम्रो मान्छे मिस गरेको थापाको भनाइ थियो ।

उनले पाँच वर्षको सरकार चलाउने भन्दा पनि के गर्ने भन्ने विषयमा स्पष्ट हुनुपर्ने बताएका छन् । सरकार बनाउँदा स्पष्टता, प्रतिबद्धता र चरित्रवान नेतृत्व हुने बताउँदै उनले शक्ति, सीमा र स्रोतको सीमितताको बीचमा काम गर्नुपर्ने बताए ।
वर्तमान अर्थतन्त्र समस्याग्रस्त भइसकेको र यसलाई समाधान नगर्ने हो भने संकटमा जाने पनि उनले बताए । कांग्रेसले पाँच वर्षको सरकार राम्रो चलाए अहिलेको जस्तै २७ प्रतिशतको नभइ ४० प्रतिशतको आकारमा पार्टी पुग्ने उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP