बिहिबार , बैसाख ११, २०८२

कपिलवस्तु । कपिलवस्तुका जिल्ला न्यायाधीश भुवन गिरीमाथि बलात्कारको आरोप लागेपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।

पीडित महिलाले न्यायाधीश गिरीविरुद्ध शुरुमा कपिलवस्तु प्रहरीमा उजुरी गरेकी थिइन् । तर, कपिलवस्तु प्रहरीले उजुरी लिन नमानेपछि पीडित महिला एक साताअघि राष्ट्रिय मानवअधिकार अयोग र महिला आयोगमा पुगेर उजुरी दिएकी हुन् ।
दुवै आयोगले कपिलवस्तु प्रहरीलाई उजुरी लिएर छानबिन गर्न निर्देशन दिँदै पत्र पठाएका थिए ।

जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुका प्रमुख एसपी प्रेमबहादुर बस्नेतले मानवअधिकार आयोगको पत्राचारका आधारमा न्यायाधीश गिरीविरुद्ध छानबिन भइरहेको बताएका छन् । प्रहरीले न्यायपरिषदसँगको समन्वयमा छानबिन अघि बढाएको स्रोतले जानकारी दिएको छ ।

न्यायाधीश गिरीमाथि एक महिलाले आफूलाई पछिल्लो ५ वर्षदेखि बन्धक बनाएर यौन शोषण गरेको भन्दै आयोगमा उजुरी दिएकी हुन् । करिब ५ वर्षदेखि बन्धक बनाएर यौन शोषण गरिरहेको न्यायाधीश गिरीमाथि आरोप रहेको छ । न्यायाधीश गिरीले पनि बलात्कार आरोप लगाउने महिलामाथि चोरीको आरोप लगाएका छन् । आफूमाथि छानबिन शुरु भएपछि न्यायाधीश गिरीले उच्च अदालत तुलसीपुरको बुटबल इजलासबाट १५ दिन विदा लिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै


TOP