आइतबार , भाद्र १४, २०८३

कपिलवस्तु । कपिलवस्तुका जिल्ला न्यायाधीश भुवन गिरीमाथि बलात्कारको आरोप लागेपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।

पीडित महिलाले न्यायाधीश गिरीविरुद्ध शुरुमा कपिलवस्तु प्रहरीमा उजुरी गरेकी थिइन् । तर, कपिलवस्तु प्रहरीले उजुरी लिन नमानेपछि पीडित महिला एक साताअघि राष्ट्रिय मानवअधिकार अयोग र महिला आयोगमा पुगेर उजुरी दिएकी हुन् ।
दुवै आयोगले कपिलवस्तु प्रहरीलाई उजुरी लिएर छानबिन गर्न निर्देशन दिँदै पत्र पठाएका थिए ।

जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुका प्रमुख एसपी प्रेमबहादुर बस्नेतले मानवअधिकार आयोगको पत्राचारका आधारमा न्यायाधीश गिरीविरुद्ध छानबिन भइरहेको बताएका छन् । प्रहरीले न्यायपरिषदसँगको समन्वयमा छानबिन अघि बढाएको स्रोतले जानकारी दिएको छ ।

न्यायाधीश गिरीमाथि एक महिलाले आफूलाई पछिल्लो ५ वर्षदेखि बन्धक बनाएर यौन शोषण गरेको भन्दै आयोगमा उजुरी दिएकी हुन् । करिब ५ वर्षदेखि बन्धक बनाएर यौन शोषण गरिरहेको न्यायाधीश गिरीमाथि आरोप रहेको छ । न्यायाधीश गिरीले पनि बलात्कार आरोप लगाउने महिलामाथि चोरीको आरोप लगाएका छन् । आफूमाथि छानबिन शुरु भएपछि न्यायाधीश गिरीले उच्च अदालत तुलसीपुरको बुटबल इजलासबाट १५ दिन विदा लिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP