आइतबार , भाद्र १४, २०८३

काठमाडौं । नेप्से परिसूचक आज (मंगलबार) ४.८७ अकले ओरालो लाग्दै १९३३.८८ विन्दुमा आएर रोकिएको छ । साथै सेन्सेटिभ इन्डेक्सम पनि १.५६ अंकले घटेको छ । मंगलबार नेप्से परिसूचकमा ०.२५ प्रतिशतले ओरालो लागेको हो । सोमबार पनि शेयर बजार १.२५ प्रतिशतले ओरालो लागेको थियो ।

आज २५ लाख ८१ हजारभन्दा बढी कित्ता शेयर किनबेच हुँदा ९६ करोड ५२ लाखभन्दा बढीको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । यस्तै, १९९ कम्पनीको कारोबार हुँदा ७८ कम्पनीको शेयर मूल्य वृद्धि भएको छ । साथै १०९ कम्पनीमा ओरालो लागेको र १२ कम्पनी स्थिर रहेको नेप्सेले जनाएको छ ।

धौलागिरी लघुवित्त वित्तीय संस्था ८.१७ प्रतिशत र सिटिजन म्युचुअल फण्ड ६.१२ प्रतिशतले वृद्धि भएको छ । सिवम् सिमेन्ट ८ करोड १२ लाखभन्दा बढीको कारोबार भएको र हिमालय डिस्टिलरी पाँच करोड ५० लाखभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ । मंगलबार १३ उपसूचकमा तीन कम्पनीमा उकालो लागेको र अरु सबै उपसुचकमा ओरालो लागेको छ । वृद्धि हुने उपसूचकहरूमध्ये सबैभन्दा धेरै अन्य ०.५७ प्रतिशत र माइक्रो फाइनान्स ०.२८ प्रतिशतले वृद्धि भएको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP