शुक्रबार , भाद्र १२, २०८३

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिस्ट आन्दोलनको बिसर्जन चाहेको बताएका छन्। पेशागत महासंघ नेपाल र नेपाल राष्ट्रिय कर्मचारी महासंघको एकता घोषणा सभामा नेपालले ओलीमा अरुलाई अपमान गर्ने संस्कार फस्टाएको र साइवर सेना चलाएर पार्टी एकीकरण नचाहेको समेत बताए।

उनले ओली समूहमा लागेका नेता कार्यकर्तालाई आफ्नो समूहमा आउन आग्रह समेत गरे। आफ्नो समूहमा आउने समय अझै बाँकि रहेको भन्दै नेपालले भने, ‘ओली तिर लागेको व्यक्तिलाई वेवास्ता गर्न मिल्दैन। किनकी हामीले हाम्रो आन्दोलन सशक्त बनाउनु छ। उहाँ सहि र गलतको विश्लेषण गर्नुहुन्न। केपी ओलीमा कम्युनिस्ट आन्दोलनलाई बिसर्जन गर्ने चहाना रह्यो’

उनले केपी ओली सुध्रनु र बालुवा पेलेर तेल निकाल्न खोज्नु उस्तैउस्तै भएको टिप्पणी गरे। उनले केपी शर्माओली प्रधानमन्त्रीको जिम्मेवारीमा पुगेपछि पार्टी सत्ता र राज्यसत्ताको दुरुपयोग गर्न लागि परेको भन्दै ओलीको अहंकारी प्रवृत्तिकै कारण वर्तमान अवस्था आएको बताए। हिटलरले पनि लोकतन्त्रको भर्याङ चढेर अधिनायकवाद लादेको भन्दै त्यस्तो प्रवृत्ति नेपालमा रहनु नहुने बताए। ‘ओलीको दम्भीपन र अपमान गर्ने प्रवृत्ति बढ्दै गएपछि कम्युनिस्ट संस्कार पनि देखिएन,’ अध्यक्ष नेपालको भनाई छ।

उनले सिंगो समाज ओलीप्रति आलोचक भएर सुझाव दिँदा पनि ओली समझदारीमा नआएको बताए। ‘ओली प्रवृत्ति आफ्नो पार्टीमा नझाँगियोस्, पार्टी राम्रोसँग अघि बढोस् भन्ने चिन्ता सवैमा छ। किन भने ठूलो त्याग तपस्याबाट मात्रै लोकतन्त्र आएको हो’ उनले केपी ओलीको भ्रममा परेकाहरुलाई आफ्नो नेतृत्वको नेकपामा आउन आग्रह गरे। ‘भ्रममा परेका साथिहरु आउनुस्, अझै समय छ, जिम्मेवारी लिनुस्। समय छँदै सहि निर्णय गर्नुभयो भने स्वागत गर्छौ,’ नेपालले भने।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP